ताजा समाचार

हर्कले कारबाही गरेका डा. मित्र परियार नेकपाको समानुपातिक उम्मेदवार !

हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीबाट कारबाहीमा परेका मित्र परियार नेपाली कम्युनिस्ट पार्टीले समानुपातिक सांसदको उम्मेदवार बनेका छन् ।

केहीदिनअघि मात्रै श्रम संस्कृति पार्टी परित्याग गरेको जानकारी दिएर नेकपा प्रवेश गरेका उनलाई आज दलित क्लस्टरबाट १ नम्बरमा राखेर बन्दसूची पेस गरिएको हो । परियारलाई पुस ११ गते पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरेका थिए ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा परियारले आयोजकप्रति गरेको व्यवहार ठीक नभएको भन्दै अध्यक्ष साम्पाङले कारबाही गरेको जानकारी सामाजिक सञ्जालमार्फत दिएका थिए । त्यसपछि उनले विज्ञप्ति जारी गरी निलम्बन गरिएको बताएका थिए ।

परियार सामाजिक अभियन्ता हुन्।  केही दिनअघि परियारले अध्यक्ष राईले आफूलाई ‘बालीघरे दमाईं’ सम्झिएको टिप्पणी गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org