ताजा समाचार

सुनको मूल्य हालसम्मकै उच्च, चाँदीमा पनि कीर्तिमान

काठमाडौं: नेपाली बजारमा सुनको मुल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार एक तोला सुनको मूल्य २ लाख ७६ हजार ५ सय कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

सोमबार एक तोला सुनको मूल्य २ लाख ७४ हजार ७०० पुगेको थियो। सुनको मूल्य वृद्धि भएसँगै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज प्रतितोला चाँदी ५ हजार ३४० रुपैयाँ पुगेको छ।

अघिल्लो दिन सोमबार प्रतितोला चाँदी ५ हजार १९५ रुपैयाँमा खरिदबिक्री भएको थियो। अमेरिकी डलरको उतारचढावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य आकासिएको व्यवसायीहरू बताउँछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org