ताजा समाचार

निर्वाचन आयोगको निर्णयविरुद्ध देउवा पक्ष सर्वोच्च अदालत पुगे

काठमाडौं । निर्वाचन आयोगले नेपाली कांग्रेसकाे विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिकता दिएको निर्णयको विरोधमा निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेताहरू सर्वोच्च अदालत पुगेका छन्।

विघटित केन्द्रीय समितिको शनिबार सानेपामा बसेको बैठकको निष्कर्षअनुसार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा नेताहरू आज रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्।

निर्वाचन आयोगले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कार्यसमितिलाई आधिकारिकता दिएको थियो। आयोगको उक्त निर्णयविरुद्ध अदालत जाने निर्णय गरिएको हो।

हालसम्म रिट निवेदन सर्वोच्च अदालतमा औपचारिक रूपमा दर्ता भइसकेको छैन।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org