ताजा समाचार

कांग्रेसले जनकपुरधाममा गर्ने चुनावी सभा स्थगित

काठमाडाैं । नेपाली कांग्रेसले माघ १६ गते जनकपुरधाममा आयोजना गर्ने भनिएको मधेश केन्द्रित चुनावी सभा स्थगित गरेको छ ।

मधेश प्रदेश प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताका अनुसार निर्वाचन आयोगको निर्देशन तथा निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने भएकाले उक्त कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो ।

उनका अनुसार सभाको नयाँ मिति र कार्यक्रम तालिका परिस्थितिअनुसार पछि सार्वजनिक गरिनेछ । नेपाली कांग्रेसले लोकतान्त्रिक मूल्य–मान्यता र प्रचलित कानुनी व्यवस्थाप्रति प्रतिबद्ध रहँदै निर्वाचन आयोगको निर्णयको सम्मान गरेको उनले स्पष्ट पारे ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org