जलवायु लक्ष्य प्राप्ति र दिगो विकासका लागि स्वच्छ ऊर्जालाई मेरुदण्डको रूपमा अघि बढाइयोस्: इकोसक अध्यक्ष थापा
संयुक्त राष्ट्रसंघ, न्युयोर्क । विश्वव्यापी जलवायु लक्ष्य प्राप्ति र दिगो विकासका लागि स्वच्छ ऊर्जालाई मेरुदण्डको रूपमा अघि बढाउन संयुक्त राष्ट्रसंघ आर्थिक तथा सामाजिक परिषद् (इकोसक) अध्यक्ष लोकबहादुर थापाले आह्वान गरेका छन् ।
सोमबार जनवरी २६ मा संयुक्त राष्ट्र संघको मुख्यालयमा अन्तर्राष्ट्रिय स्वच्छ ऊर्जा दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष थापाले वर्तमान विश्वले झेलिरहेको भू-राजनीतिक तनाव र बढ्दो असमानताका बीच ऊर्जा क्षेत्रले साझा समृद्धिको नयाँ आधार तय गर्न सक्ने विश्वास व्यक्त गरेका हुन् ।
आफ्नो सम्बोधनका क्रममा अध्यक्ष थापाले विश्वको ९२ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुग्नुलाई सकारात्मक उपलब्धिका रूपमा उल्लेख गरे तर, अझै पनि ६६ करोड मानिस अन्धकारमा रहेको र करीव २ अर्ब जनता खाना पकाउन प्रदूषित इन्धनमा निर्भर रहेको दुःखद यथार्थ उनले प्रस्तुत गरे । यी अभावले विशेष गरी महिला र बालिकाहरूको स्वास्थ्य र जीविकोपार्जनमा विनाशकारी असर पारिरहेको छ स्मरण गर्दै अध्यक्ष थापाले अति कम विकसित मुलुकहरूले स्वच्छ ऊर्जाको विश्वव्यापी वित्तमा अत्यन्तै न्यून हिस्सा मात्र प्राप्त गरिरहेको बताए ।
सन् २०३० सम्ममा नवीकरणीय ऊर्जाको क्षमतालाई तीन गुणाले वृद्धि गर्ने, ऊर्जा दक्षतामा सुधारको दरलाई दोब्बर बनाउने र ऊर्जा संक्रमणलाई न्यायपूर्ण, समावेशी र जनकेन्द्रित बनाउँदै कोही पनि पछाडि नछुट्ने सुनिश्चित गर्ने पनि अध्यक्ष थापाले बताए ।
अध्यक्ष थापाले महासभाद्वारा पारित ‘सबैका लागि दिगो ऊर्जा दशक’ विस्तारको विश्वव्यापी कार्ययोजनाको स्वागत गर्दै यसले लगानी वृद्धि र लैंगिक समानतालाई केन्द्रमा राखेर स्पष्ट मार्गचित्र प्रदान गरेको बताए । आगामी जुलाईमा हुने उच्च-स्तरीय राजनीतिक मञ्चमा हुने ऊर्जा सम्बन्धी समीक्षाले थप प्रभावकारी नतिजा ल्याउनेमा थापाले आसा व्यक्त गरे ।
Comments
अरु समाचार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर, अमेरिकी डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
बजेटमा प्रधानमन्त्रीको हस्तक्षेप, अर्थमन्त्रीदेखि बजेट लेखनमा सक्रिय टोली अलमलमा
काठमाडाैं । प्रधानमन्त्री कार्यालयले बजेटबारे सुझाव संकलन गर्न भन्दै छुट्टै वेबसाइट ल्याएपछि अर्थमन्त्रालयका कर्मचारीहरु अलमलमा परेका छन्। अर्थमन्त्रालयले बजेट लेखनको...
-
आजदेखि बजेट अधिवेशन, आजै नीति तथा कार्यक्रम प्रस्तुत गरिँदै
काठमाडौं । सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि सुरु हुँदैछ । आज पहिलो बैठकमै सरकारको नीति कार्यक्रम प्रस्तुत हुने कार्यसूची रहेको...
-
बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित ‘सुझाव सङ्कलन पोर्टल’ सञ्चालनमा
काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा आमनागरिकको सुझाव समेट्ने उद्देश्यसहित सरकारले ‘सुझाव सङ्कलन पोर्टल’...
-
बजार सुशासनका लागि आजदेखि देशभर ‘मूल्य पारदर्शिता सप्ताह’
काठमाडौँ । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले आजदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने...
-
सुकुम्वासीको डिजिटल लगत के हो ? धमाधम संकलन गर्दै सरकार
काठमाण्डौ - सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधान गर्न एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । काठमाण्डौ उपत्यकाका भूमिहीन...












