नेपाली महावाणिज्यदूतद्वारा चिनियाँ नागरिकले सञ्चालन गरेको नेपाली रेष्टुरेन्ट उद्घाटन
ल्हासा, फागुन १२, २०८२ – तिब्बतको ल्हासास्थित १.९ कुजिलिन स्क्वायर, विन्हे पार्कमा ‘नेपाली रेष्टुरेन्ट’ सञ्चालनमा आएको छ। ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त रेष्टुरेन्टको उद्घाटन महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र प्रोपाइटर चिनियाँ नागरिक ल्होसोङ निगाले संयुक्त रूपमा गरेका हुन्।
उद्घाटन कार्यक्रममा सयौं स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो। रेष्टुरेन्टलाई नेपाली परम्परागत शैलीमा सजावट गरिएको छ भने कार्यक्रममा सहभागी पाहुनाहरुलाई थकाली थाली सेटमार्फत स्वागत गरिएको थियो। कासका थाल, बटुका तथा काँटा–चम्चाको प्रयोग गरी नेपालीपन झल्काउने प्रयास गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाली तथा चिनियाँ कलाकारहरूले नेपाली र तिब्बती गीत तथा नृत्य प्रस्तुत गरेका थिए। रेष्टुरेन्टमा नेपाली कामदारहरूलाई रोजगारी दिइएको जानकारी पनि दिइयो।
उद्घाटन मन्तव्यका क्रममा महावाणिज्यदूत निरौलाले नेपाल र चीन, विशेषगरी तिब्बतसँग युगौँदेखि सरकारी मात्र नभई जनस्तरसम्म गहिरो सम्बन्ध रहेको उल्लेख गरे। नेपाली व्यवसायीहरूले लामो समयदेखि तिब्बतका विभिन्न स्थानमा व्यापार–व्यवसाय गर्दै आएको तथा ल्होसोङजस्ता चिनियाँ व्यवसायीहरू पनि नेपालमा व्यवसायमा संलग्न रहेको उनले बताए। यस्ता पहलले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गर्दै उनले ल्हासामा सञ्चालित नेपाली व्यवसाय र काठमाडौंमा सञ्चालनमा रहेका चिनियाँ रेष्टुरेन्टहरूबीचको सफल व्यापारिक गतिविधिले आपसी सम्बन्ध प्रगाढ बनाएको धारणा राखे। ल्हासा नेपाल क्याटरिंग म्यानेजमेन्ट कम्पनीद्वारा सञ्चालित यो रेष्टुरेन्ट पनि सफलतापूर्वक सञ्चालन हुने विश्वास उनले व्यक्त गरे।
प्रोपाइटर ल्होसोङ निगाले उद्घाटन गरिदिएकोमा महावाणिज्यदूत निरौला तथा उपस्थित महावाणिज्यदूतावास परिवार र स्थानीय नागरिकप्रति आभार व्यक्त गरे। उनले नेपाल–चीन सम्बन्ध अझ सुदृढ बनाउन यस्ता प्रयासहरू निरन्तर अघि बढाउने प्रतिबद्धता जनाउँदै रेष्टुरेन्टमार्फत प्रामाणिक नेपाली स्वाद पस्कने बताए।
उल्लेखनीय छ, ल्होसोङ निगाले ‘तारा रग्स उद्योग’का नाममा काठमाडौं महानगरपालिका–६, तीनचुलीमा विगत तीस वर्षदेखि गलैंचा उद्योग सञ्चालन गर्दै नेपालमा समेत व्यवसाय गर्दै आएका छन्।
Comments
अरु समाचार
-
पेट्रोलियम उत्खननका लागि सम्झौताको गृहकार्य
काठमाडौं । खानी तथा भूगर्भ विभागले पेट्रोलियम उत्खननका लागि दोस्रो चरणको सम्झौताको गृहकार्य गरेको छ । विभागले व्यावसायिक उत्खननका लागि...
-
इरानसँग सम्झौता गर्ने वा नगर्ने अन्तिम निर्णय अब हुन्छ: ट्रम्प
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा नगर्ने भन्ने विषयमा अब आफूले ‘अन्तिम’ निर्णय गर्ने बताउनुभएको...
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट
काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपियाँको बजेट विनियोजन गरेको छ...
-
कर्मचारीको तलबमा २१ प्रतिशत वृद्धि, न्यूनतम ४० हजार
काठमाडौं । सरकारले महँगी भत्तालाई निरन्तरता दिँदै तलबमानमा २१ प्रतिशत बृद्धि गर्ने निर्णय गरेको छ । कर्मचारीको न्यूनतम तलब ४०...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
आज आव २०८३/८४ को बजेट सार्वजनिक गर्दै सरकार, सुशासनलाई प्राथमिकता
काठमाडौँ । सरकारले आज आगामी आर्थिक वर्ष २०८३\८४ को बजेट सार्वजनिक गर्दैछ । बजेटमा अनावश्यक खर्च कटौती र वित्तीय अनुशासनलाई...
-
भारतीय नागरिक, चिनियाँ सिम र ती युवती काजोल
काठमाडौं । राज्यका विभिन्न निकायमा हुने गरेका अनियमितता,राज्य सञ्चालनका क्रममा राजनीतिक तहबाट हुने हस्तक्षेप र सरकारका नीति-निर्णयहरुबारे तीन दशकभन्दा लामो...
-
अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य, एसियाली शेयर बजारमा गिरावट
तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य फेरि बढेको छ भने अधिकांश एसियाली शेयर...












