ताजा समाचार

पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष ओलीलाई पितृ शोक

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पितृ शोक परेको छ । उनका पिता मोहनप्रसाद ओलीको ९७ वर्षको उमेरमा निधन भएको हो ।

भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । केही समयदेखि उमेरजन्य स्वास्थ्य समस्याका कारण उनी अस्वस्थ थिए । स्वास्थ्यमा थप जटिलता देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन् । मोहनप्रसाद ओलीको पार्थिव शरीरलाई अहिले भक्तपुरको गुण्डुस्थित ओली निवास लैजाने तयारी भइरहेको छ । पारिवारिक स्रोतका अनुसार, आजै पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org