पक्राउ परिन् एमाले लुम्बिनी सांसद रेखा शर्मा
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले लुम्बिनी प्रदेश सांसद रेखा शर्मालाई पक्राउ गरेको छ । एमालेबाट निर्वाचित प्रदेश सांसद शर्मालाई आइतबार राति धुम्बाराहीबाट पक्राउ गरिएको हो ।
उनीमाथि नाबालिकालाई घरेलु कामदार राखेर कुटपिट गरेको भन्दै महानगरपालिकाले प्रहरीमा उजुरी दिएको थियो । राजनीतिक प्रभावका कारण उनीमाथिको मुद्दा अघि बढ्न सकेको थिएन ।
महानगरले उजुरी दिँदा पनि प्रहरी कारबाही अघि नबढाएपछि तत्कालीन मेयर बालेन्द्र शाहले केही गर्न नसकेको भन्दै बालिकासँग क्षमा मागेका थिए । हाल उनी प्रधानमन्त्री भएसँगै शर्मालाई गिरफ्तार गरिएको हो ।
बालिकाले सांसद शर्मा आफूले ६ वर्षदेखि परिवार समेत भेट्न नपाएको गुनासो गरेकी थिइन् । २०८१ जेठ १४ गते महानगरले ती बालिकालाई उद्दार गरेको थियो ।
महानगरले मुुलुकी फौजदारी संहिता ऐन २०७४ को दास बनाउन नहुने कसुर अन्तर्गत कारबाही लागि प्रहरीमा उजुरी दिएको थियो । शर्मालाई गिरफ्तारीका लागि अदालतले पक्राउ पुर्जी नदिएको भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थिएन ।
Comments
अरु समाचार
-
फागुनको निर्वाचन परिणाम अस्वभाविक, संविधान र लोकतन्त्र संकटमा : ओली
काठमाडौँ– नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको संविधान, लोकतान्त्रिक गणतन्त्र र संसदीय लोकतन्त्रमाथि गम्भीर चुनौती उत्पन्न भएको दाबी...
-
टुँडिखेलमा मनाइयो गणतन्त्र दिवस (फोटो फिचर)
काठमाडौँ । काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा शुक्रबार विशेष समारोहको आयोजना गरी गणतन्त्र दिवस मनाइएको छ । उक्त समारोहमा राष्ट्रपति रामचन्द्र...
-
गणतन्त्र दिवसमा राष्ट्रपतिकाे सन्देश: सुशासन र समृद्धिमा जोड
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पाैडेलले संघीय लोकतान्त्रिक गणतन्त्रलाई विश्वकै उत्कृष्ट राजनीतिक व्यवस्था भएको बताउँदै सुशासन, सामाजिक न्याय र समृद्धिका लागि...
-
गणतन्त्र दिवस देशभर मनाइँदै, गणतन्त्र समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने
काठमाडौं । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ ।...
-
राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण पेस, अर्थतन्त्रको आकार ६६ खर्ब पुग्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा ‘आर्थिक सर्वेक्षण २०८२ र २०८३’ पेस गरेको छ । बुधबार बसेको सभाको बैठकमा अर्थमन्त्री डा....
-
बैठक चल्दाचल्दै रोस्ट्रमबाट माइक फाल्ने पूर्वमुख्यमन्त्री राईको प्रयास
विराटनगर । कोशी प्रदेश सभाको बैठकमा पूर्वमुख्यमन्त्री राजेन्द्र राईले रोस्ट्रमको माइक फाल्ने प्रयास गरेका छन् । प्रतिपक्षीको विरोधका बावजुत सभामुख...
-
आज पनि प्रतिनिधिसभा बैठक, अर्थमन्त्रीले आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । आजको बैठकमा...
-
वीरगञ्ज महानगरपालिकाका मेयर सिंहविरुद्ध पक्राउ पुर्जी जारी
वीरगञ्ज । बीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह विरुद्ध मंगलबार पक्राउ पुर्जी जारी भएको छ । लिखत सम्बन्धी कसुरमा जिल्ला अदालत...
-
तीन सरकारी साक्षीविरुद्ध भ्रष्टाचार मुद्दा, ऐन बमोजिम सजाय गर्न मागदाबी
काठमाडौँ। तीन सरकारी साक्षी विप्लव पोख्रेल, प्रल्हाद गौतम र राजेश श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...












