युवा संघमा ढकालको उम्मेदवारी, संयुक्त बैठकमा दुबै पक्ष सहभागी हुने
काठमाडौं, १३ असोज । एमाले निकट युवा संघ नेपालको नयाँ नेतृत्वका लागि उपाध्यक्ष सूर्य ढकालले आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको छ ।
अध्यक्ष केपी ओली निकट मानिनुहुने ढकालले आज (बुधबार) काठमाडौंमा केही पत्रकारसँगको भेटघाटका क्रममा अध्यक्ष पदमा आफ्नो दाबी गर्नुभएको हो । युवा संघको दुई पटकसम्म कार्यबाहक अध्यक्ष भइ जिम्मेवारी लिइसकेको बताउनुभएका ढकालले भन्नुभयो, ‘उमेर हद, सांगठनिक अनुभव आदिका कारण मैले अध्यक्ष पदको जिम्मेवारी लिन उम्मेदवारी घोषणा गरेको छु ।’
एमाले अध्यक्ष ओली र युवा संघ नेपालका निवर्तमान अध्यक्ष महेश बस्नेतले आफ्नो उम्मेदवारीको विरोध नगरेको बताउनुभएका उपाध्यक्ष ढकालले भन्नुभयो, ‘अध्यक्ष केपी ओली ज्यूले मलाई हाँसेर चिनेको छु भन्नुभएको छ । खुलेर समर्थन गर्नुभएको छैन ।’
यसैबीच, युवा संघ नेपालको केन्द्रीय कमिटीको बैठक असोज १५ र १६ गते राजधानीमा बस्दैछ । सोही बैठकले पाँच महिनाका लागि युवा संघ नेपालको अध्यक्ष चयन गर्नेछ । त्यसपछि सो कमिटीले आगामी फागुनभित्र नवौँ महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गर्नुपर्नेछ ।
युवा संघ नेपालमा ओली निकट मानिनु हुने निरु पाल र वरिष्ठ नेता माधवकुमार नेपाल निकट मानिनुहुने दिलु पन्तले नेतृत्व गरेको समूहले अलग अलग राजनीतिक गतिविधि गर्दै आएका छन् ।
असोज १५ र १६ गते बस्ने केन्द्रीय कमिटी बैठकमा दुबै समूह सहभागी भएर अध्यक्ष चयन गर्ने सहमति भएको स्रोतहरुको भनाइ छ । बैठकमा दिलु पन्त समूह सहभागी भएन भने स्थगित हुने सम्भावना रहेको पनि स्रोतले जनाएको छ ।
युवा संघ नेपालको १ सय २१ सदस्यीय कमिटीमा नेपाल समूहको नेतृत्व गर्नु भएकी दिलु पन्तले पनि बैठकलाई सहयोग गर्ने संस्थापन पक्षको दाबी छ ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












