कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको ऐतिहासिक उपलब्धि : सुनिता डंगोल
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मको सहभागिता र सफलता नेपालको सिर्जनशील क्षेत्रका लागि ऐतिहासिक कोसेढुङ्गा भएको बताउनुभएको छ ।
फ्रान्सबाट स्वदेश फर्किएपछि उहाँले विमानस्थलमा भ्रमण र उपलब्धिबारे जानकारी दिनुभयो । इतिहासमै पहिलो पटक नेपाली फिल्म ‘अन सर्टेन रिगार्ड’ विधामा छनोट हुनु गौरवको विषय भएको उल्लेख गर्दै डंगोलले निर्देशक अविनाशविक्रम शाहको टोलीले जुरी प्राइज जितेकोमा बधाई दिनुभयो ।
आउँदो फिल्म महोत्सवका लागि सम्पदा तथा पर्यटन समिति, सूचना प्रविधि विभाग र प्रशासन विभागको समन्वयमा छुट्टै टोली परिचालन भइसकेको छ । महोत्सवलाई काठमाण्डौको इकोसिस्टम र संस्कृतिसँग जोडेर प्रवर्द्धन गरिने महानगरले जनाएको छ ।
कार्यवाहक मेयर डंगोलले यो भ्रमणले काठमाण्डौलाई ’क्रिएटिभ सिटी’का रूपमा विश्वसामु चिनाउन र अन्तर्राष्ट्रिय शहरहरूसँग सहकार्यको ढोका खोल्न मद्दत पुगेको विश्वास व्यक्त गर्नुभयो ।
Comments
अरु समाचार
-
सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र
काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी...
-
रास्वपा बाराको बैठकमा तनाव, बैठक स्थलबाटै लखेटिए केही सांसदहरु
जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव चर्किँदा केही प्रतिनिधिसभा सदस्य बैठक स्थलबाटै लखेटिएका छन्...
-
चार उपाध्यक्षले मागे ओलीको राजीनामा, के गर्लान ओली ?
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीबाट राजीनामा दिनुपर्ने माग उठ्न थालेको छ । एमाले सचिवालय बैठकमा चार उपाध्यक्षले...
-
प्रचण्ड-माधव उपस्थित बैठकमा सुदूरपश्चिम प्रदेशका दुई सांसद अनुपस्थित
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशका दुई सांसदले संसदीय दलको बैठक बहिस्कारगरेको भन्दै आलोचना बढेको छ। संसदीय दलको बैठकमा...
-
आज पनि एमाले सचिवालय बैठक, १२ जना नेताले बोल्ने कार्यसूची
भक्तपुर । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठकमा आज पनि बस्ने भएको छ । हिजोको बैठकमा पाँच उपाध्यक्षले समीक्षात्मक धारणा प्रस्तुत...
-
कास्की जिल्ला अदालतको आदेशपछि रवि लामिछानेलाई राहत, मुद्दा संशोधन गर्न स्वीकृति
काठमाडाैं । रवि लामिछानेविरुद्ध दायर गरिएको सम्पत्ति शुद्धिकरण र संगठित अपराधसम्बन्धी मुद्दामा कास्की जिल्ला अदालतले मुद्दा संशोधन गर्न आदेश दिएपछि...
-
कटवाल काण्डको छायाँ र न्यायालय जोगाउने दुई पात्र
काठमाडाैं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश पदमा सिफारिस गरेपछि कार्यपालिका र न्यायपालिकाबीच इतिहासकै सबैभन्दा गम्भीर, संवेदनशील...
-
नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष पदमा अम्बिका पौडेलको उम्मेदवारी किन ?
काठमाडौं । अम्बिका प्रसाद पौडेलले नेपाल उद्योग वाणिज्य महासङ्घ को कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आगामी जेठ ८ गते...
-
चरित्र हत्या गर्ने उद्देश्यले म विरुद्ध ‘मिडिया ट्रायल’ हुँदैछः पूर्वमन्त्री खड्का
काठमाडौं । पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले आफ्नो चरित्रहत्या र बदनाम गर्ने उद्देश्यले केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत...












