ताजा समाचार

सिंहदरबारको नयाँ संसद् भवनबाट बजेट भाषण गर्ने तयारी तीव्र

काठमाण्डौ । सरकारले आउँदो आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषण सिंहदरबारमा निर्माणाधीन नयाँ अत्याधुनिक संघीय संसद् भवनबाट गर्ने अन्तिम तयारी तीव्र पारेको छ । बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा करोडौं भाडा तिरेर चल्दै आएको संसद् बैठक अब आफ्नै स्थायी र प्रविधियुक्त भवनमा फर्किने भएको छ ।

गएको वर्षको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा बानेश्वरको संसद भवन जलेको थियो । मुख्य सभाहल, गजुर ढाँचाको विशाल फलामे गुम्बज र सांसद सिटहरूको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

भूकम्प र हावाहुरी प्रतिरोधी डबल–डेकर फलामे ट्रसको गोलाकार गुम्बजले मुख्य प्रतिनिधि सभा हलको छाना ढाकेको छ । जसले दिउँसोको प्राकृतिक उज्यालो भित्र्याउँदै ऊर्जा बचतमा समेत सहयोग गर्ने प्राविधिकहरूको भनाइ छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org