नेपाली सेफहरूको विश्वव्यापी पहिचान विस्तार गर्दै अन्तर्राष्ट्रिय सेफ सोसाइटी
पोखरा । नेपाली मौलिक खान संस्कृति, पाककला तथा पर्यटन प्रवर्द्धनलाई अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याउने उद्देश्यसहित नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेशको नयाँ कार्यसमिति सर्वसम्मत रूपमा गठन गरिएको छ। मिति २०८३ जेठ ११ गते पोखरा स्थित होटल म्याजेस्टिकमा सम्पन्न भेलाले ४० सदस्यीय गण्डकी प्रदेश कार्यसमिति चयन गरेको हो। कार्यक्रम पूर्ण भक्ता दाहालको अध्यक्षतामा सम्पन्न भएको थियो।
उक्त कार्यक्रममा अन्तरास्ट्रिय सेफ सोसाइटी (INCS) का केन्द्रीय अध्यक्ष अरुण अधिकारी, ईनास आबुधाबी च्याप्टरका क्षेत्रीय अध्यक्ष श्याम लाम्गातेसहित गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट नेपाली सेफहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष अरुण अधिकारीले नेपाली भान्छे, कुक तथा सेफहरूको विश्व बजारमा छुट्टै पहिचान स्थापित भइसकेको बताए। उनले नेपाली सेफहरू अहिले युरोप, मध्यपूर्व, अमेरिका, अष्ट्रेलिया तथा एसियाका विभिन्न मुलुकमा आफ्नो क्षमता, मेहनत र सिर्जनशीलताका कारण चर्चित बन्दै गएको उल्लेख गरे।
उनका अनुसार नेपाली खानाको स्वाद, अनुशासन र कार्यकुशलताका कारण अन्तर्राष्ट्रिय होटल तथा रेस्टुरेन्ट क्षेत्रमा नेपाली सेफहरूको माग निरन्तर बढिरहेको छ। “आज नेपाली सेफहरू केवल श्रमिक होइनन्, नेपालका सांस्कृतिक दूतका रूपमा विश्वभर परिचित भइरहेका छन्,” अध्यक्ष अधिकारीले बताए।
उनले वैदेशिक रोजगारीलाई केवल सामान्य श्रममा सीमित नराखी दक्ष कुक तथा सेफ उत्पादनमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा राखे। “यदि व्यवस्थित रूपमा कुक पेशासम्बन्धी तालिम दिएर दक्ष जनशक्ति विदेश पठाउने हो भने अहिलेको भन्दा दोब्बर रेमिट्यान्स नेपाल भित्र्याउन सकिन्छ,” उनले बताए।
अध्यक्ष अधिकारीले नेपाली युवालाई पाककला क्षेत्रमा आकर्षित गर्न सीप, तालिम र अन्तर्राष्ट्रिय अवसरसँग जोड्न आवश्यक रहेको उल्लेख गरे। उनले सरकार र निजी क्षेत्रबीच सहकार्य गरेर नेपाली पाककलालाई विश्वस्तरमा स्थापित गर्ने अभियानमा आफूहरू सक्रिय रहेको पनि जानकारी दिए। “हामी नेपाल सरकारसँग सहकार्य गरेर अघि बढिरहेका छौं, आगामी दिनमा पनि नेपाली खानाको प्रवर्द्धन, पर्यटन विकास र दक्ष जनशक्ति उत्पादनका क्षेत्रमा संयुक्त रूपमा काम गर्नेछौं,” उनले भने।
पछिल्लो समय अध्यक्ष अधिकारीकै नेतृत्वमा नेपाली सेफहरूको अभियानले देश तथा विदेशमा उल्लेखनीय चर्चा पाउन थालेको छ। केही दिनअघि मात्रै झापामा विश्वभर रहेका नेपाली सेफहरूको सहभागितामा अन्तर्राष्ट्रिय स्तरको पाककला प्रतियोगिता तथा विविध कार्यक्रम सफलतापूर्वक सम्पन्न गरिएको थियो। उक्त कार्यक्रमले नेपाली खानाको प्रचारप्रसारसँगै नेपालको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पारेको सहभागीहरूको भनाइ थियो।
अध्यक्ष अधिकारीले आगामी दिनमा नेपालका विभिन्न प्रदेश तथा विदेशमा समेत यस्ता कार्यक्रम विस्तार गर्ने तयारी भइरहेको जानकारी दिएका छन्। सोसाइटीले नेपाली सेफहरूको हकहित संरक्षण, दक्षता विकास तालिम, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कुकरी प्रतियोगिता, खाद्य संस्कृति संरक्षण, पर्यटन प्रवर्द्धन तथा विश्वभर रहेका नेपाली सेफहरूबीच सहकार्य विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
गण्डकी प्रदेश कार्यसमिति गठन
नेपाली सेफ सोसाइटी गण्डकी प्रदेश कार्यसमितिको अध्यक्षमा पूर्ण भक्त दाहाल चयन भएका छन् भने उपाध्यक्षमा गोबिन्द खनाल, सचिवमा राजेश सुनार, कोषाध्यक्षमा झम्क प्रसाद ढकाल तथा संस्थापक कार्यसमिति सदस्यमा किशोर बास्तोला चयन भएका छन्। त्यसैगरी कार्यसमिति सदस्यहरूमा राजेश धिमाल, पवन हमाल, भीम अधिकारी, रश्मि रोका मगर, अनुप बस्नेत र सन्तोष सुनार रहेका छन्।
यसैगरि सदस्यहरुमा रोशन गुरुङ, सुमन श्रेष्ठ, मोहन थापा, अनिल गुरुङ, रमेश सुनार, सुरज गुरुङ, सीताराम पौडेल, विकास बि.क, बालकुमार पहाडी, मोहन कुमार साह, हरिकृष्ण नेपाली, रूपक बर्दुवा, महेन्द्र गुरुङ, गणेश बहादुर बानियाँ, जितु मगर, बेनीराम रास्कोटी, ऋषिराम बास्तोला, प्रदीप दाहाल, चिज कुमार गुरुङ, भीम थापा मगर, अमिन सारु मगर, सुसन गुरुङ, प्रदिप दर्नाल, रुपक बर्देवा, रमेश बिके तथा फडिन्द्र गुरुङ रहेका छन ।
यतै सल्लाहकार मण्डलमा श्याम लाम्गाते संरक्षक सल्लाहकार, भगत श्रेष्ठ वरिष्ठ सल्लाहकार तथा तारा मगर र गोविन्द लामिछाने सल्लाहकार रहेका छन्। नवनिर्वाचित अध्यक्ष पूर्णभक्त दाहालसहित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै अध्यक्ष अरुण अधिकारीले गण्डकी प्रदेश समितिले नेपाली पाककला र नेपाली सेफहरूको अन्तर्राष्ट्रिय पहिचान थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।
Comments
अरु समाचार
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
भृकुटीमण्डपमा घरजग्गा मेला : बढ्दो आवास मागदेखि व्यवस्थित निर्माणको बहससम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा आयोजित ‘नवौं नेपाल जग्गा तथा आवास एवम् निर्माण प्रदर्शनी–२०८३’ मा करिब ८० हजारभन्दा बढीले अवलोकन गर्नुले...
-
ईडीएलभीआरएस मार्फत ‘सवारी चालक अनुमतिपत्र’ व्यवस्था कार्यान्वयनमा
काठमाडौं । विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम थालिएको छ। सरकारले...
-
Govt Commends Chinese Tunnel Rescue Experts; China Reaffirms Commitment to Strengthen Disaster Management Cooperation
Kathmandu, September 18: Minister for Science, Technology and Innovation Mahabir Pun held a meeting with Zhang Maoming, Ambassador of the...
-
नेपाल सरकारद्वारा चिनियाँ सुरुङ उद्धार विशेषज्ञहरूको कार्यको उच्च प्रशंसा, विपद् व्यवस्थापन सहकार्य सुदृढ बनाउने चीनको प्रतिबद्धता
काठमाडौं, असाेज २ । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ तथा...
-
जापानमा ब्याजदर ३१ वर्ष यताको उच्च बिन्दुमा , कमजोर येन र बढ्दो ऊर्जा मूल्यले मुद्रास्फीतिमा दबाब
टोकियो। जापानको केन्द्रीय बैङ्कले शुक्रबार ब्याजदरलाई ३० वर्षभन्दा बढीको उच्च बिन्दुमा पुर्याएको छ र ऊर्जा मूल्य बढ्दा तथा येन कमजोर...












