ताजा समाचार

देउवा र कोइराला पक्ष कांग्रेसको विराटगरमा आज संगुक्त भेला

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा। शेखर कोइराला समूहको कोशी प्रदेशस्तरीय संयुक्त भेला आज विराटनगरमा हुँदैछ । भेलामा नेता कोइरालालाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गरिएको छ ।

कांग्रेस कोशी प्रदेश कार्यसमितिका महामन्त्री भुपेन्द्र राईले देउवा समूह र कोइराला समूहको संयुक्त आयोजनामा भेला हुन लागेको सञ्चारमाध्यमलाई जानकारी दिीका छ्न् ।

यसअघि देउवा समूहले गरेका प्रदेश भेलाहरूमा कोइराला समूहका नेताहरु उपस्थित भएका थिएन् । महामन्त्री राईले कोशी प्रदेशबाट दुवै समूहबीच सहकार्य सुरू हुन लागेको बताए । ‘भेलामा नेताहरू कृष्णप्रसाद सिटौला, विजयकुमार गच्छदार डा. शशांक कोइराला, डा. मिनेन्द्र रिजाल, बलबहादुर केसी, एनपी साउद प्रमुख वक्ता रहेका छन् ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org