प्रधानमन्त्री शाह तीन दिनसम्म चितवनस्थित लटौली सेन्चुरी रिसोर्टमा बस्ने
चितवन — प्रधानमन्त्री बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा सहभागी हुन आइतबार चितवन पुगेका छन्। उनी श्रीमती र छोरीसहित महाधिवेशनको उद्घाटन कार्यक्रम तथा बन्दसत्रमा सहभागिता जनाउन चितवन आएका हुन्। प्रधानमन्त्री शाह कालिका नगरपालिका–९, शक्तिखोरस्थित हालै सञ्चालनमा आएको लटौली सेन्चुरी रिसोर्टमा बस्ने कार्यक्रम रहेको छ। रिसोर्ट स्रोतका अनुसार असार ६ गतेदेखि चार दिनका लागि रिसोर्ट पूर्ण रूपमा बुक गरिएको छ।
‘रिसोर्टका सबै १६ वटा कोठा असार ६ गतेदेखि आरक्षित गरिएका छन्। बाहिरी व्यक्तिलाई प्रवेश अनुमति दिइएको छैन,’ स्रोतले जनाएको छ। तीमध्ये १३ वटा कोठामा पाहुनाहरू बस्नेछन् भने बाँकी तीन वटा कोठा आवश्यकताअनुसार प्रयोग गरिने व्यवस्था गरिएको छ।
प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गर्दै शनिबारदेखि नै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेना र नेपाल प्रहरीको टोलीले रिसोर्ट क्षेत्रमा सुरक्षा तथा निगरानीको जिम्मेवारी सम्हालेको छ। रास्वपाको महाधिवेशन उद्घाटनस्थलबाट करिब १६ किलोमिटर उत्तर–पूर्वमा रहेको उक्त रिसोर्ट चितवनको पुरानो सदरमुकाम उपरदाङगढी तथा सिद्धी जाने सडकको चोकमा अवस्थित छ।
प्रधानमन्त्री शाहसँगै गृहमन्त्री सुदन गुरुङ तथा बालेन पक्षका अन्य नेताहरू पनि सोही रिसोर्टमा बस्ने जनाइएको छ। प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै रिसोर्टमा तीन वटा भीभीआईपी कक्ष विशेष रूपमा तयारी गरिएको छ। सुरक्षा र गोपनीयतालाई प्राथमिकता दिँदै रिसोर्टका अधिकांश कर्मचारीलाई चार दिनका लागि बिदा दिइएको छ। सेवा सञ्चालनका लागि किचनमा दुई जना, हाउसकिपिङमा दुई जना तथा आवश्यक सीमित कर्मचारी मात्र खटाइएको रिसोर्ट स्रोतले जनाएको छ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












