ताजा समाचार

उपाध्यक्ष पौडेल पक्राउ गैरन्यायिक भएको एमालेको निष्कर्ष, तत्काल रिहाइ गर्न माग

काठमाडौं । नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलको पक्राउ गैरन्यायिक भएको बताएको छ । पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बसेको संसदीय दलको बैठकले उक्त निष्कर्ष निकालेको हो ।

साथै, उनलाई तत्काल रिहाइको माग पनि पार्टी बैठकले गरेको छ । ‘पार्टी उपाध्यक्ष विष्णु पौडेलको गिरफ्तारी गैरन्यायिक भएको पार्टीको निष्कर्ष छ र तत्काल रिहाइको माग गर्ने निर्णय भएको छ,’ एमाले स्रोतले भन्यो ।

उपाध्यक्ष पौडेललाई हिजो सुर्खेतबाट पक्राउ गरिएको थियो । उनलाई अहिले विशेष अदालतमा म्याद थपका लागि लगिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org