रसुवा बाढीपीडितका लागि रवि धितालद्वारा ‘१ करोड ११ लाख ११ हजार १ सय ११ रुपियाँ’ सहयोग
बिर्तामोड । रसुवामा हालै आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रवि धितालले नेपाल सरकारलाई रु. १,११,११,१११ (एक करोड एघार लाख एघार हजार एक सय एघार) सहयोग हस्तान्तरण गर्नु भएको छ ।
किङ्सबेरी होटेल बिर्तामोड झापाका अध्यक्ष रवि शर्मा धितालले भाद्र १६ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकमको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो।
गत भाद्र १० गते रसुवामा अचानक आएको अभूतपूर्व बाढीका कारण सडक, जलविद्युत् आयोजना, स्थानीय बजार र जनधनको ठूलो क्षति भएको छ। उक्त दुर्दान्त घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो भौतिक क्षति भएको सन्दर्भमा नेपाल सरकारले राहत तथा पुनर्निर्माणका लागि सहयोगको आह्वान गरेको थियो।
रकम हस्तान्तरणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष धितालले विपदमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। “यो प्राकृतिक विपद्को घडीमा मानवीय नाताले सरकारको राहत प्रयासमा साथ दिनु हामी सबैको कर्तव्य हो,” उहाँले भन्नुभयो। अध्यक्ष धितालले देशका अन्य उद्योगपति, व्यवसायी तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमताअनुसार सरकारी कोषमा सहयोग गर्न आह्वान गर्नुभएको छ।
Comments
अरु समाचार
-
चीनबाट दोस्रो चरणको बाढी राहत सामग्री नेपाल आइपुग्यो, ५ डीएनए विज्ञ पनि आए
काठमाडौं- चीन सरकारले नेपालका बाढी प्रभावित क्षेत्रमा सहयोगका लागि पठाएको दोस्रो चरणको आपत्कालीन राहत सामग्री मंगलबार काठमाडौं आइपुगेको छ। राहत...
-
बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
यति डिष्ट्रिलरी (बाह्रसिंगे वियर) द्वारा ‘प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष’ मा एक करोड ५० लाख रुपियाँ सहयोग
काठमाडौँ । लोकप्रिय वियर उत्पादक कम्पनी यति डिष्ट्रिलरीले रसुवा भोटेकोशी बाढी प्रभावितको राहत, उपचार र पुनःस्थापनका लागि प्रधानमन्त्री दैवी प्रकोप...
-
‘आकृति एडभर्टाइजिङ’ द्वारा भोटेकोशी बाढीपीडितका लागि ५ लाख ५५ हजार सहयोग
विराटनगर । विराटनगरस्थित आकृति एडभर्टाइजिङका प्रबन्धक निर्देशक मनोज चौहानले भोटेकोशी बाढी प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप...
-
भोटेकोसी बाढीमा डुबेको कृषि विकास बैंकको नगद र सुन सुरक्षित
काठमाडौं । काठमाडौं । रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण डुबानमा परेको कृषि विकास बैंकको त्रिशूली ढुंगे शाखाबाट करिब १...
-
बाढी प्रभावितका लागि ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने इप्पानको निर्णय, उद्धार कोषमा कुन समूहले कति जम्मा गरे ?
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) एवं इप्पान सम्बद्ध जलविद्युत् कम्पनीहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५...
-
रसुवा बाढी पीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले गर्यो ४ करोड १ लाख रुपैयाँ सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवा बाढी पिडितका लागि ४ करोड १ लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा...
-
आईएमई ग्रुपद्वारा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि १० करोड सहयोग
काठमाडौं । आईएमई ग्रुपले भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र पुनर्स्थापनाका लागि प्रधानमन्त्री...
-
केरुङ काउन्टीमा गएको बाढीपहिरोपछि ‘नेपाल-चीन’बीच उद्धारको काममा गहन सहकार्य: महावाणिज्यदूत निरौला
ल्हासा । ल्हासास्थित नेपाली महावाणिज्यदूत लक्ष्मी प्रसाद निरौलाले सिचाङको शिगात्से शहरस्थित केरुङ काउन्टीमा गएको बाढीपहिरो प्रकोपप्रति चीन र नेपाल दुबैले...












