रसुवा बाढीपीडितका लागि रवि धितालद्वारा ‘१ करोड ११ लाख ११ हजार १ सय ११ रुपियाँ’ सहयोग
बिर्तामोड । रसुवामा हालै आएको भीषण बाढीका कारण प्रभावित भएकाहरूको उद्धार, राहत तथा भौतिक पूर्वाधार पुनर्निर्माणका लागि रवि धितालले नेपाल सरकारलाई रु. १,११,११,१११ (एक करोड एघार लाख एघार हजार एक सय एघार) सहयोग हस्तान्तरण गर्नु भएको छ ।
किङ्सबेरी होटेल बिर्तामोड झापाका अध्यक्ष रवि शर्मा धितालले भाद्र १६ गते अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमार्फत उक्त रकमको चेक नेपाल सरकारलाई हस्तान्तरण गर्नुभएको हो।
गत भाद्र १० गते रसुवामा अचानक आएको अभूतपूर्व बाढीका कारण सडक, जलविद्युत् आयोजना, स्थानीय बजार र जनधनको ठूलो क्षति भएको छ। उक्त दुर्दान्त घटनामा परी धेरै नागरिकले ज्यान गुमाउनुका साथै ठूलो भौतिक क्षति भएको सन्दर्भमा नेपाल सरकारले राहत तथा पुनर्निर्माणका लागि सहयोगको आह्वान गरेको थियो।
रकम हस्तान्तरणपश्चात् पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष धितालले विपदमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभयो। “यो प्राकृतिक विपद्को घडीमा मानवीय नाताले सरकारको राहत प्रयासमा साथ दिनु हामी सबैको कर्तव्य हो,” उहाँले भन्नुभयो। अध्यक्ष धितालले देशका अन्य उद्योगपति, व्यवसायी तथा सर्वसाधारणलाई पनि आफ्नो क्षमताअनुसार सरकारी कोषमा सहयोग गर्न आह्वान गर्नुभएको छ।
Comments
अरु समाचार
-
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
‘निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश पनि आउँदैन’
काठमाडौं। निजामती कर्मचारीसम्बन्धी अध्यादेश आउन सक्ने आशंकाका कारण कर्मचारीहरूले राजीनामा दिने क्रम बढिरहेका बेला संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा...
-
बूढीगण्डकी बाढीः फसेका ३६ जनाको उद्धार, १० सम्पर्कविहीन, ६ पुल र ३५ बढी घरमा क्षति
काठमाडौं । बूढीगण्डकी बाढीमा फसेका ३६ जनाको उद्धार भएको छ । नेपाली सेनाले उनीहरूलाई उद्धार गरेको हो । सेनाका अनुसार...
-
सिँजा उपत्यका र खस सभ्यतालाई अन्तर्राष्ट्रियकरण गर्ने सरकारको योजना
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले खस सभ्यताको उद्गमस्थल सिँजा उपत्यकालाई पुर्ख्यौली पहिचान र पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका...
-
दशैंमा घर जानेहरुका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला
काठमाडौं । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु...
-
आजका लागि विदेशी मुद्राको विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
बाढी, पहिरो र हिमपात: मुस्ताङको लेतेदेखि कोरला नाकासम्म रोकिए ५०० बढी कन्टेनर
मुस्ताङ। मुस्ताङको लेतेदेखि कोरलानाकासम्म झन्डै पाँच सयको सङ्ख्यामा कन्टेनर सडकमा लामबद्ध रूपमा रोकिएको अवस्थामा रहेका छन्। यही असोज ८ देखि...
-
नबिल एसएसई फेलोसिप तथा सर्टिफिकेट कोर्सको सातौँ समूहका लागि आवेदन खुला
काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) अन्तर्गत सञ्चालन हुने फेलोसिप तथा सर्टिफिकेट कोर्सका लागि आवेदन...
-
‘दसैँलगायत चाडपर्वमा एटिएमबाटै १०० रुपियाँका नयाँ नोट’
काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैङ्क तथा वित्तीय संस्थालाई एटिएमबाटै १०० रुपियाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन...












