धादिङको कृष्णभीरमा दुईतर्फी चल्न थाले गाडी
काठमाण्डौ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा दुईतर्फी गाडी चल्न थालेका छन् । जिल्ला प्रशासन कार्यालय धादिङका अनुसार भदौ १० र १४ गते भोटेकोशी नदीमा आएको बाढीका कारण सडक भासिएपछि नयाँ ट्र्याक बनाएर आजदेखि गाडी चल्न थालेका हुन् ।
सडक खण्डमा गएरातिदेखि नै गाडी आवतजावत भएको र अहिले बिहानदेखि पूर्ण रुपमा सडक सञ्चालनमा आएको धादिङ प्रहरीले जनाएको छ । हिजो कृष्णभीर नजिकै पनि अर्को पहिरो खसेर सडक अवरुद्ध भएको थियो । त्यो पहिरो पनि पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।
पृथ्वी राजमार्गका विभिन्न ठाउँमा अझै पनि सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम कायम रहेकाले चालक र यात्रुलाई विशेष सावधानी अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ । विशेषगरी वर्षा भइरहेको समयमा वा सडकमा पहिरो, ढुंगा तथा अरु अवरोध देखिएमा जोखिम मोलेर यात्रा नगर्न र सम्बन्धित सुरक्षाकर्मी तथा सडक व्यवस्थापनमा खटिएका कर्मचारीको निर्देशन पालना गर्न प्रशासनले भनेको छ ।
सडकको अवस्था र यातायात सञ्चालनसम्बन्धी थप जानकारीका लागि सम्बन्धित निकाय तथा सुरक्षा निकायबाट जारी हुने सूचनालाई आधार मान्नसमेत प्रहरीले आग्रह गरेको छ । कृष्णभीरको सडक सञ्चालनसँगै नारायणगढ–मुग्लिन खण्डको तुइन खोलामा चलिरहेको पहिरो रोकथामको काम तत्काल रोकेर गाडीहरूलाई गन्तव्यतर्फ पठाउने काम पनि शुरु भएको प्रहरीले जनाएको छ ।
Comments
अरु समाचार
-
आरोहीले भरियो मनास्लु आधार शिविर, ४६६ विदेशीको आरोहण तयारी
सुलीकोट (गोरखा) । शरद ऋतु सुरु भएसँगै गोरखाको मनास्लु क्षेत्रमा हिमाल आरोहण गतिविधि तीव्र बनेको छ। यस वर्ष मनास्लु हिमाल...
-
सरकारकोआम्दानीभन्दा खर्च बढी, दुई महिनाको तथ्याङ्क कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्ष २०८३/८४ को शुरुआती दुई महिनामा सरकारले करिब दुई खर्ब रुपियाँ बजेट खर्च गरेको छ ।...
-
उपत्यकाबाहिर यात्रुवाहक साधनलाई विशेष प्राथमिकता, रोकिएको दर्ता खुला
काठमाडौं । यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाहिर सार्वजनिक यात्रुवाहक सवारी साधनको रोकिएको दर्ता खुला गरेको छ । असोज १ गतेदेखि...
-
वाणिज्य बैंकहरूले असोज महिनाका लागि घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको ब्याजदर कति ?
काठमाडौं। वाणिज्य बैंकहरूले असोज महिनाका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकिङ प्रणालीमा अधिक तरलता र कर्जाको माग कमजोर रहँदा...
-
‘२१ बुँदे कार्ययोजना घोषणा गरेपछि शेयर बजारमा उत्साह’
काठमाण्डाै । शेयर बजार लगातार तेस्रो कारोबार दिन बढेको छ । शेयर बजार परिसूचक नेप्से आज (मंगलबार) ४८.५७ अङ्कले बढेर...
-
प्रधानमन्त्री उद्धार कोषमा अहिलेसम्म १४ अर्ब दुई करोड ७३ लाख रुपियाँ जम्मा
काठमाडौँ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपियाँ जम्मा भएको छ ।...
-
जलस्रोत तथा ऊर्जा विज्ञ बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको उर्जा समिति सभापतिमा मनोनीत
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ऊर्जा समिति सभापतिमा जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ बटु लामिछाने मनोनीत भएका...
-
ब्रिक्स सम्मेलनमा ‘आर्थिक सहकार्य, ऊर्जा सुरक्षा र विश्वव्यापी तनाव’ प्रमुख मुद्दा
नयाँ दिल्ली । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय...
-
कोरोला नाकामा तस्करी बढ्दो, तीन शंकास्पद ट्रक भित्रिए नेपाल
काठमाडौं । एकातिर सरकारले राजस्व चुहावट नियन्त्रणको लागि नाकाहरुमा कडाइ गर्ने चेतावनीसहित गरिब नागरिकले सीमापारीबाट किनेर ल्याएका सय रुपैयाँका सामानमा...












