ताजा समाचार

‘फ्रन्टलाइन अस्पताल’ द्वारा भोटेकोशी बाढी प्रभावितका लागि सहयोग रकम हस्तानतरण

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेसन फाउन्डेसन लिमिटेडअन्तर्गत सञ्चालित फ्रन्टलाइन अस्पतालले संस्थागत सहयोग गरेको छ। अस्पतालले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी सहयोग रकमको चेक हस्तान्तरण गरेको हो।

अर्थ मन्त्रालयमा बिहिबार आयोजित कार्यक्रममा नेपाल सरकारका अर्थ सचिव डा. घनश्याम उपाध्यायको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष नवराज पाण्डे र फ्रन्टलाइन अस्पतालका प्रमुख कार्यकारी अधिकृत डा. अशोकवर्धनले संयुक्त रूपमा सहयोग रकमको चेक अर्थ सचिव उपाध्यायलाई हस्तान्तरण गर्नुभयो।

विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै प्रभावित क्षेत्रको पुनःस्थापना तथा विपद् व्यवस्थापनका प्रयासमा सहयोग पुर्‍याउने उद्देश्यले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गर्ने निर्णय गरिएको अस्पतालले यस सञ्चारमाध्यमलाई जानकारी दिएको छ ।

बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका लागि नेपाल सरकार, विभिन्न संघसंस्था तथा सरोकारवाला निकायहरूबाट सहयोग जुटाउने कार्य जारी रहेको अवस्थामा फ्रन्टलाइन अस्पतालले पनि विपद् व्यवस्थापनमा संस्थागत योगदान गर्ने निर्णय गरेको हो।

आगामी दिनमा पनि मानवीय सेवा तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा आवश्यक सहयोग र सहकार्यलाई निरन्तरता दिने अस्पतालले प्रतिबद्धता व्यक्त गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org