फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट, पेज तथा अन्य सामग्रीमाथि कारबाही गरेको जनाएको छ ।
मेटाका अनुसार पछिल्लो दुई वर्षदेखि सिंगापुर प्रहरी बल (एसपीएफ) र मेटाबिच सूचना आदान–प्रदान सम्बन्धी सहकार्य हुँदै आएको छ । यही सहकार्यका माध्यमबाट मेटाका अनुसन्धान कर्ताले ठगीमा संलग्न समूह तथा उनीहरूले सञ्चालन गरेका विभिन्न नेटवर्क पहिचान गरी ध्वस्त पार्न सहयोग पुगेको कम्पनीले जनाएको छ ।
मेटाका अधिकारीहरूका अनुसार जनवरीदेखि जुनसम्म फेसबुक र इन्स्टाग्राममा ठगी तथा जालसाजीसँग सम्बन्धित एक लाख १३ हजारभन्दा बढी अकाउन्ट, पेज तथा अन्य इकाइ हटाइएको थियो । जुन महिनामा मात्रै विद्यालय बिदाको समयमा परिवार सस्तो यात्रा प्याकेज खोज्न विभिन्न वेबसाइटमा जाने मौका छोपेर ठगी गर्ने प्रयासमा रहेका समूहसँग सम्बन्धित ३३ हजार ६०० भन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरिएको मेटाले जनाएको छ ।
त्यस्तै, जुलाईमा मेटाले ठगीसँग सम्बन्धित ३६ लाखभन्दा बढी अकाउन्ट तथा पेजमाथि कारबाही गरेको थियो । तीमध्ये अधिकांश ‘शेल पेज’ अर्थात् हाल कुनै सामग्री नराखिएका वा सक्रियरूपमा प्रयोगमा नरहेका पेज थिए । यस्ता पेज भविष्यमा ठगीका गतिविधिका लागि अपराधीहरूले खरिद वा कब्जा गर्न सक्ने भएकाले कारबाही गरिएको कम्पनीले जनाएको छ ।
यद्यपि, मेटाले अघिल्लो वर्षको तुलनात्मक तथ्यांक भने सार्वजनिक गरेको छैन । ठगी गर्ने समूहले विभिन्न देश र विभिन्न डिजिटल प्लेटफर्ममा एकैसाथ गतिविधि सञ्चालन गर्ने भएकाले समस्याको सम्पूर्ण तस्बिर एउटै संस्थासँग नहुने मेटाले जनाएको छ । मेटाका एसिया-प्रशान्त क्षेत्रका कानुन कार्यान्वयन सम्बन्धी निर्देशक ड्यारिल पुनले सिंगापुर प्रहरीसँगको सहकार्यले आफूले आफ्नै स्रोतबाट पहिचान गर्न नसक्ने जोखिम तथा गतिविधिबारे जानकारी प्राप्त गर्न सहयोग गरेको बताउनुभयो ।
उहाँका अनुसार प्राप्त सूचनाका आधारमा ठगी गर्ने नेटवर्कलाई ठूलो स्तरमा कारबाही गर्न सकिने भएकाले ती समूहले धेरै मानिससम्म पुग्नुअघि नै उनीहरूको गतिविधि रोक्न मद्दत पुगेको छ । मेटाको दक्षिणपूर्वी एसियाका सार्वजनिक नीति निर्देशक क्लारा कोहले ठगी गर्ने समूह अहिले औद्योगिक स्तरमा सञ्चालन भइरहेको बताउनुभयो ।
उहाँका अनुसार उनीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोग गरेर ठूलो संख्यामा नक्कली प्रोफाइल निर्माण गर्नुका साथै नक्कली तस्बिर र अन्य सामग्री तयार गर्ने तथा हानिकारक कोडसमेत उत्पादन गर्ने गरेका छ । मेटाले आफ्ना प्लेटफर्ममा सुरक्षा प्रणाली थप मजबुत बनाउने र प्रयोग कर्ताले देख्नु अघि नै ठगी सम्बन्धी सामग्री पहिचान गरी हटाउने प्रयासलाई निरन्तरता दिने जनाएको छ । रासस/एएफपी
Comments
अरु समाचार
-
त्रिपुरेश्वर आत्मदाह मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग
काठमाडौं । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ निवासी अर्जुन दोङको मृत्यु प्रकरणमा निष्पक्ष छानबिन र न्यायको माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
नागरिकता सम्बन्धी मुद्दामा विशेष अदालतको नजिरयुक्त फैसला: तथ्य र प्रमाणबिनाको आरोपबाट न्यायको जित
काठमाडौं । नागरिकता र झुठो लिखत सम्बन्धी बहुचर्चित मुद्दामा विशेष अदालतले वस्तुनिष्ठ प्रमाण र कानुनको न्यायसम्मत व्याख्या गर्दै सकारात्मक एवम्...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...












