ताजा समाचार

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपियाँ ८९ पैसा र बिक्रीदर १५३ रुपियाँ ४९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १७४ रुपियाँ ४७ पैसा र बिक्रीदर १७५ रुपियाँ १६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपियाँ १३ पैसा र बिक्रीदर २०३ रुपियाँ ९३ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १८५ रुपियाँ ७९ पैसा र बिक्रीदर १८६ रुपियाँ ५२ पैसा कायम गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपियाँ २८ पैसा र बिक्रीदर १०८ रुपियाँ ७० पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ५६ पैसा र बिक्रीदर १०८ रुपियाँ ९८ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ६५ पैसा र बिक्रीदर १२० रुपियाँ १२ पैसा तोकिएको छ ।

जापानी येन १० को खरिददर नौ रुपियाँ ६९ पैसा र बिक्रीदर नौ रुपियाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ८० पैसा र बिक्रीदर २२ रुपियाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ७१ पैसा र बिक्रीदर ४० रुपियाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपियाँ ९५ पैसा र बिक्रीदर ४२ रुपियाँ ११ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ६० पैसा र बिक्रीदर चार रुपियाँ ६२ पैसा, युएई दिराम एकको खरिददर ४१ रुपियाँ ६३ पैसा र बिक्रीदर ४१ रुपियाँ ७९ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ ४७ पैसा र बिक्रीदर ३७ रुपियाँ ६२ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपियाँ २१ पैसा र बिक्रीदर ११ रुपियाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ४९ पैसा र बिक्रीदर १५ रुपियाँ ५५ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपियाँ ३४ पैसा र बिक्रीदर २३ रुपियाँ ४३ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १९ रुपियाँ ४९ पैसा र बिक्रीदर १९ रुपियाँ ५७ पैसा, कुवेती दिनार एकको खरिददर ४९७ रुपियाँ २० पैसा र बिक्रीदर ४९९ रुपियाँ १५ पैसा, बहराइन दिनार एकको खरिददर ४०५ रुपियाँ ५३ पैसा बिक्रीदर ४०७ रुपियाँ १२ पैसा, ओमनी रियाल एकको खरिददर ३९७ रुपियाँ ११ पैसा र बिक्रीदर ३९८ रुपियाँ ६७ पैसा रहेको छ ।

भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ । राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ । रासस

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org