ताजा समाचार

प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता

काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै देशका न्यायिक निकायबीचको सहकार्य र न्यायिक क्षेत्रमा आपसी अनुभव आदानप्रदानका विषयमा छलफल भयो ।

भेटवार्ताका क्रममा दुवै पक्षले नेपाल र चीनका न्यायिक निकायका कामकारबाही, विद्यमान न्यायिक सहयोगलाई निरन्तरता दिने तथा एकअर्काका न्यायिक अभ्यास र अनुभवबाट सिक्ने विषयमा कुराकानी गरेका थिए।

त्यसैगरी, न्यायाधीशहरूको तालिम तथा अनुभव आदानप्रदान र डिजिटल प्रविधिको क्षेत्रमा व्यावहारिक सहयोगलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो। महत्त्वपूर्ण भेटवार्तामा सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलको समेत उपस्थिति रहेको थियो।

यसअघि प्रधानन्यायाधीश शर्मा बेइजिङस्थित नेपाली राजदूतावास पुगेर राजदूतावासका अधिकारीहरूसँग संक्षिप्त भेटवार्ता गर्नुभएको थियो। उहाँलाई बेइजिङ विमानस्थलमा कार्यवाहक राजदूत (Cd’A)सुश्री रोशन खनालले स्वागत गर्नुभएको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org