सौराहामा बाढीले राप्ती किनारमा रहेका रेस्टुराँका पव डुबायो
चितवन, १४ साउन । वर्षापछि आज बिहान आएको बाढीले चितवनको रत्ननगर सौराहास्थित राप्ती किनारमा रहेका रेष्टुराँका पव डुबाएको छ ।
राप्ती नदीमा आएको बाढीले किनार क्षेत्रमा बनाएका दर्जनभन्दा बढी पव डुबाएको व्यवसायीले बताएका छन् ।
पर्यटन व्यवसायी शीरलाल परियारले किनारमा पर्यटकले बसेर खाने तथा आनन्द लिने क्षेत्रका दर्जनभन्दा बढी पव डुबाएको जानकारी दिनुभयो । सो क्षेत्रमा बाढीले कटान गर्ने गरेकाले अघिल्लो वर्ष बाँध बाँधिएको थियो ।
ड्यामका कारण कटान नभए पनि अहिले बाढी बढेकाले डुबाएको क्षेत्रीय होटल सङ्घ सौराहाले जनाएको छ । बछौली प्रहरी चौकीका इन्चार्ज श्यामबाबु यादवले किनार क्षेत्रका पव डुबाएको जानकारी दिँदै क्षतिको विवरण सङ्कलन भइरहेको बताउनुभयो ।
गएराति यहाँ वर्षा भएको थियो । वर्षाले चितवनका विभिन्न क्षेत्रमा बाढी आएकाले किनार क्षेत्रका बासिन्दा प्रभावित भएका छन् ।
पूर्वी चितवनको शक्तिखोरबाट बग्ने कयर खोलामा समेत बाढी बढेकाले पिठ्वा क्षेत्रको किनारमा रहेका सुकुम्बासी बस्ती प्रभावित भएका इलाका प्रहरी कार्यालय रत्ननगरले जनाएको छ ।
प्रहरीका अनुसार रत्ननगरको शान्तिचोकमा समेत केही क्षेत्र डुबान भएको छ । क्षतिको पूर्ण विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।
यस्तै, चितवनको विकट काउलेमा पहिरो गएको खबर आए पनि क्षति के भएको हो भन्नेबारेमा जानकारी आइनसकेको चितवनका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहले जानकारी दिनुभयो ।
चितवनका प्रहरी प्रमुख सहकुलबहादुर थापाले पहिरोमा एकजना मानिस पनि परेको भन्ने जानकारीमा आए पनि पुष्टि भने नभएको बताउनुभयो । सो क्षेत्रमा प्रहरी टोली खटाइएको उहाँको भनाइ छ ।
Comments
अरु समाचार
-
एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज
काठमाण्डौ - औषधि व्यवस्था विभागले एकैपटक ५ हजार भन्दा धेरै औषधि पसल (फार्मेसी) को दर्ता खारेज गरेको छ । विभागले...
-
युरो र अष्ट्रेलियन डलरको भाउ कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर अनुसार युरो र अष्ट्रेलियन डलरको मूल्य घटेको छ...
-
११ महिनामा ७ लाख २२ हजारभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा
काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा वैदेशिक रोजगारीका लागि विदेश जाने नेपालीको संख्या ७ लाख २२...
-
इप्पानको अध्यक्षमा मोहनकुमार डाँगी चयन, को-को निर्वाचित भए अन्य पदाधिकारी ?
काठमाडौँ– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।...
-
आज शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...
-
सम्पत्ति शुद्धीकरण सम्बन्धी मुद्दामा दीपक भट्ट, शेखर गोल्छासहित ३९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी मुद्दामा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल र शेखर गोल्छासहित ३९ जना प्रतिवादीविरुद्ध विशेष...
-
नेपालकै इतिहासमा सबैभन्दा ठूलो वित्तीय अपराधको छानबिन भइरहेको छः अर्थमन्त्री वाग्ले
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले इतिहासकै सबैभन्दा ठुलो वित्तीय अपराधका बारेमा छानबिन अघि बढिरहेको अवस्थामा सरकारमाथि नियोजित रूपमा हिलो...
-
डिजिटल सेवामा समान पहुँचका लागि सहज बन्दै सरकारी वेबसाइट
काठमाडौँ। सरकारी निकायका वेबसाइटलाई सबै नागरिकका लागि सहज र समावेशी बनाउन पहुँचमैत्री उपकरण समावेश गरिएका छन् । दृष्टिविहीन, न्यून दृष्टि...
-
आर्थिक विधेयक संशोधन विवादमा अर्थमन्त्री वाग्लेको बचाउ, ‘कहाँ राजद्रोह देख्नुभयो?’
काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले आर्थिक विधेयकमा गरिएको संशोधनलाई लिएर उठेको विवादको बचाउ गरेका छन्। उनले विधेयकमा देखिएका केही त्रुटि...












