तेह्र हजारको खातामा पहिलो किस्ता
नुवाकोट, १६ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता अहिले नुवाकोटमा धमाधम वितरण भइरहेको छ ।
जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा पहिलो किस्ता बापत रु ५० हजारका दरले जम्मा रु ६६ करोड ५० लाख ५० हजार निकासा भएको हो ।
गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार बैंकबाट रकम वितरण भइरहेको हो ।
गत आर्थिक वर्षमा थोरै मात्र रकम वितरण भएको तर चालु आर्थिक वर्षको डेढ महिनामा ६६ करोड रुपैयाँभन्दा बढी रकम पीडितको खातामा जम्मा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।
सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थामार्फत पनि भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार अहिलेसम्म ९४७ जना भूकम्पपीडितलाई गैरसरकारी संस्थाले चार करोड ७८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।
सरकारले लाभग्राहीको सूचीमा नाम प्रकाशित गरेका ६५ हजार ७५९ पीडितमध्ये ५० हजार ६१२ जनासँग अनुदान सम्झौता भइसकेको छ । नुवाकोटमा भूकम्पपीडितका नौ हजार ५५० वटा गुनासो दर्ता भएका छन् । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रा.लि.
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक 'इलेक्ट्रि ड्रिम्स मोबिलिटी प्रालि'ले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...











