तेह्र हजारको खातामा पहिलो किस्ता
नुवाकोट, १६ भदौ । भूकम्पपीडितको निजी आवास निर्माणका लागि सरकारले दिने भनेको दुई लाख रुपैयाँ अनुदानको पहिलो किस्ता अहिले नुवाकोटमा धमाधम वितरण भइरहेको छ ।
जिल्लाका भूकम्पपीडित १३ हजार ३०१ जनाको खातामा पहिलो किस्ता बापत रु ५० हजारका दरले जम्मा रु ६६ करोड ५० लाख ५० हजार निकासा भएको हो ।
गाविस र नगरपालिकामा भूकम्पपीडितले अनुदान सम्झौता गरेअनुसार बैंकबाट रकम वितरण भइरहेको हो ।
गत आर्थिक वर्षमा थोरै मात्र रकम वितरण भएको तर चालु आर्थिक वर्षको डेढ महिनामा ६६ करोड रुपैयाँभन्दा बढी रकम पीडितको खातामा जम्मा भइसकेको जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिनुभयो ।
सरकारी निकायबाहेक विभिन्न गैरसरकारी संस्थामार्फत पनि भूकम्पपीडितलाई रकम प्रदान गरिएको छ ।
जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार अहिलेसम्म ९४७ जना भूकम्पपीडितलाई गैरसरकारी संस्थाले चार करोड ७८ लाख ७५ हजार रुपैयाँ प्रदान गरिसकेका छन् ।
सरकारले लाभग्राहीको सूचीमा नाम प्रकाशित गरेका ६५ हजार ७५९ पीडितमध्ये ५० हजार ६१२ जनासँग अनुदान सम्झौता भइसकेको छ । नुवाकोटमा भूकम्पपीडितका नौ हजार ५५० वटा गुनासो दर्ता भएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












