चार हजार बढीको लाइन काटियो
काठमाडौँ, १६ भदौ । नेपाल विद्युत् प्राधिकरणले हालसम्म बक्यौता नबुझाउने चार हजार ४४७ ग्राहकको लाइन काटेको छ ।
लामो समयदेखि बाँकी बक्यौता रहेको रकम तिर्न पटक पटक ताकेता गर्दासमेत अटेर गर्दै आएका ग्राहकको लाइन काट्ने अभियानअन्तर्गत हालसम्म आठवटै क्षेत्रीय कार्यालय मातहतका ग्राहकको लाइन काटिएको हो ।
विद्युत् प्राधिकरण, वितरण तथा ग्राहक सेवा निर्देशनालयले आज जारी गरेको विज्ञप्तिअनुसार काटिएकामध्ये हालसम्म दुई हजार ३०८ ग्राहकको लाइन पुनःजोडिएको छ ।
लाइन काट्ने अभियान सुरु भएपछि हालसम्म रु आठ करोड ६४ लाख ९४ हजार ६६४ महसुल उठेको छ । हालसम्म काटिएको ग्राहकबाट रु २२ करोड ७६ लाख ७७ हजार ६२४ महसुल उठन बाँकी रहेको छ ।
प्राधिकरणले बक्यौता तिर्न अटेर गर्दै आएका विभिन्न सरकारी निकायको समेत लाइन काट्न सुरु गर्ने जनाएको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले सरकारी कार्यालयलाई महसुल तिर्न आग्रह गरिएको र कुनै सुनुवाइ नभए लाइन काटिने बताउनुभयो । प्राधिकरणले रु १० अर्ब बक्यौता रकम उठाउन बाँकी रहेको जनाएको छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...












