पर्यटकीय क्षेत्रका दुई बाटो निर्माण
भद्रपुर, १७ भदौ । झापाको धार्मिक, पर्यटकीय एवम् ऐतिहासिक स्थल चिल्लागढलाई संरक्षण गर्दै स्थानीय जनताको पहलमा दुईवटा बाटोलाई मर्मतसम्भार गरिएको छ ।
महेन्द्र राजमार्गदेखि दक्षिणतर्फ कन्काइं नदीको पश्चिमी किनारमा रहेको चिल्लागढलाई यसै वर्ष कन्काई नदीमा पटक–पटक आएको बाढीले त्यस क्षेत्रमा कटान गर्दै चिल्लागढलाई जोखिममा पारेको थियो ।
चिल्लागढको संरक्षण एवम संवद्र्धनमा सरकारले गरेको लगानी एवम् त्यसको संरक्षण गर्न स्थानीय जनताले नदीको धार परिवर्तन गरी त्यसबाट निस्किएको नदीजन्य पदार्थबाट झापाको दुईवटा बाटोको मर्मत कार्य सम्पन्न गरेका हुन् ।
सो क्षेत्रमा अविरल वर्षा र कन्काई नदीको बाढी पसेर बाटोलाई बिगारेको थियो । बाढीग्रंस्त क्षेत्रमा उद्धार एवम् राहतको काममा सजिलो बनाउन सो बाटोको मर्मत गरिएको स्थानीय विकास अधिकारी खेमराज ओझाले जानकारी दिनुभयो ।
जिल्ला विकास समितिले सो बाटो मर्मत गर्न कन्काई नगरपालिकालाई उपलब्ध गराएको रु तीन लाख ५० हजारबाट लक्ष्मीमार्गको सुरुङ्गा, लालपानी, मदरगाछ र कुवारी सडक तथा अमरपथको सुरुङ्गा, शरणामती, टाघनडुब्बा, कुमरखोद र दिगलबैंकसम्मको बाटो निर्माण गरिएको कन्काई नगरपालिकाले जनाएको छ ।
चिल्लागढ संरक्षण एवम् संवद्र्धन र विकासमा सक्रिय सहयोग गर्ने स्थानीयवासी अमृतबहादुर कार्कीले चिल्लागढ झापाको मात्र नभएर देशकै सम्पत्ति भएकाले यसको संरक्षण एवम् संवद्र्धनमा सबैको प्रयास आवश्यक छ भन्नुभयो । रासस
Comments
अरु समाचार
-
बारबराका सन्दुककी भतिजी तथा नेपोकिड यांकीलाई वालेन्द्रको उपहार ‘लगानी बोर्डको सीईओ’
लगानी बोर्डको सीईओमा नियुक्त भएकी यांकी उक्याब सन्दुक रुइतको भतिजी रहेको पाइएको छ। तत्कालीन समयमा महाकालीको अञ्चलाधिश नै बनेका जोन...
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...












