बीस लाखको अक्षयकोष घोषणा
पर्वत, २६ भदौ । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ ।
शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई उत्प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो जीवनभरको कमाइ उक्त संस्थालाई दिएको बताउनुभयो ।
उक्त प्रतिष्ठानले सामाजिक क्षेत्र, मानवअधिकार, कानुन र पत्रकारितामा नेपालमै सर्वोत्कृष्ट योगदान पु¥याउने एकजना राष्ट्रिय व्यक्तिलाई बर्सेनि पर्वतमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख पुरस्कार राशिसहित सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वले रु एक लाखभन्दा बढी नगद र प्रशंसापत्र पाउने भएका छन् । उक्त कोषको रकम अहिले रु २० लाखबाट सुरु भए पनि आगामी वर्षदेखि बढाउँदै लैजाने सोच रहेको प्रतिष्ठानका दाता शर्माले जानकारी दिनुभयो ।
उक्त पुरस्कार हरेक वर्षको भदौ २५ गते वितरण हुने भएको छ । सोसँगै प्रदेश नं ४ बाट एकजना उत्कृष्ट पत्रकारलाई पनि वार्षिक रुपमा रु २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।
उक्त अक्षयकोषको रकम बराबरको चेक शनिबार नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरियो । शर्मा शारीरिक रुपमा अशक्त हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













