बीस लाखको अक्षयकोष घोषणा
पर्वत, २६ भदौ । झन्डै दुई दशकदेखि व्यावसायिक पत्रकारिता र न्यायिक क्षेत्रमा क्रियाशील भोलानाथ शर्माको नाममा स्थापित भोला फाउन्डेसनले रु २० लाखको अक्षयकोषको घोषणा गरेको छ ।
शर्माको ४५औँ जन्मदिनको अवसरमा शनिबार उक्त अक्षयकोष घोषणा गरिएको हो । नेपाल पत्रकार महासङ्घ पर्वतका संस्थापक अध्यक्षसमेत रहनुभएका अधिवक्ता भोलानाथ शर्माले आफू अविवाहित भएकाले भावनात्मक सन्तानको विकास गर्ने र सामाजिक सेवामा लाग्न आमनेपालीलाई उत्प्रेरणा प्राप्त होस् भन्ने उद्देश्यले आफ्नो जीवनभरको कमाइ उक्त संस्थालाई दिएको बताउनुभयो ।
उक्त प्रतिष्ठानले सामाजिक क्षेत्र, मानवअधिकार, कानुन र पत्रकारितामा नेपालमै सर्वोत्कृष्ट योगदान पु¥याउने एकजना राष्ट्रिय व्यक्तिलाई बर्सेनि पर्वतमा एक कार्यक्रमको आयोजना गरी रु एक लाख पुरस्कार राशिसहित सम्मान गर्ने भएको छ । सम्मानित हुने व्यक्तित्वले रु एक लाखभन्दा बढी नगद र प्रशंसापत्र पाउने भएका छन् । उक्त कोषको रकम अहिले रु २० लाखबाट सुरु भए पनि आगामी वर्षदेखि बढाउँदै लैजाने सोच रहेको प्रतिष्ठानका दाता शर्माले जानकारी दिनुभयो ।
उक्त पुरस्कार हरेक वर्षको भदौ २५ गते वितरण हुने भएको छ । सोसँगै प्रदेश नं ४ बाट एकजना उत्कृष्ट पत्रकारलाई पनि वार्षिक रुपमा रु २५ हजार नगदसहित पुरस्कृत गरिने भएको छ ।
उक्त अक्षयकोषको रकम बराबरको चेक शनिबार नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष दुर्गाप्रसाद शर्मालाई हस्तान्तरण गरियो । शर्मा शारीरिक रुपमा अशक्त हुनुहुन्छ । रासस
Comments
अरु समाचार
-
केवाइसी इलेक्ट्रीक भ्यानका सेवा देशभरका १२ स्थानबाट उपलब्ध : ड्रिम्स मोबिलिटी
काठमाडौं । नेपालका लागि केवाइसी ब्राण्डका इलेक्ट्रीक भ्यानको आधिकारिक वितरक ड्रिम्स मोबिलिटी प्रालिले देशभरका आफ्ना सेवा केन्द्रहरू निरन्तर संचालनमै रहेको...
-
‘गैरबैंकिङ वित्तीय संस्थाहरूको नियमनका लागि छुट्टै नियामक निकाय’
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषजस्ता मुलुकका प्रमुख गैरबैङ्किङ वित्तीय संस्थाहरूको नियमन र अनुगमनका...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर...
-
मौसमले साथ दिँदा सुन्तला उत्पादनमा वृद्धि, यसवर्ष २६ करोड ९० लाख बराबरको बिक्री
ढोरपाटन (बागलुङ) । यस वर्ष बागलुङमा रु २६ करोड ९० लाखको सुन्तला उत्पादन भएको छ । सुन्तला खेतीप्रति किसानको आकर्षण...
-
वीरगञ्ज हुँदै महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात
वीरगञ्ज (पर्सा) । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको छ महिनामा ११ अर्ब ५७ करोड मूल्यका १६ थरिका खाद्य पदार्थ आयात...
-
यस्तो छ शनिबारका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...
-
Free Air Tickets to China for Friendly Football Spectators
Kathmandu — Nepal–China friendly football match will be held again this year. Organized on the occasion of China’s traditional New...
-
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको...












