भोजपुरमा आठौँ दिनमा बल्ल उडान
भोजपुर, २९ भदौ । नेपाल वायुसेवा निगम भोजपुरले आठौँ दिनमा मङ्गलबार एउटा उडान भरेको छ । मौसमको कारण देखाउँदै एक सातादेखि अवरुद्ध हवाई उडान मङ्गलबार सञ्चालनमा आएको हो ।
भोजपुरमा रहेको एक मात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि उडान हुन सकिरहेको थिएन भने नियमित उडान हुन नसक्दा बिरामीलाई प्रत्यक्ष असर पुगेको थियो । मौसमकै कारण नियमित उडान हुन नसकेको वायुसेवा निगम भोजपुरका स्टेसन प्रमुख नारायण पुरीले जानकारी दिनुभयो ।
जिल्ला अस्पतालबाट उपचार हुन नसक्ने बिरामीको सुविधाका लागि विमानमा केही सिट छुट्याइने गरिएको छ, जसअनुसार विराटनगरका लागि दुई र काठमाडौँका लागि दुईजना सिफारिस गर्ने गरिएको छ । निजी वायुसेवा कम्पनी तारा एयरलाइन्सले पनि हप्तामा एक दिन काठमाडौँ उडान गर्दै आएको थियो तर सो उडान पनि विगत चार महिनादेखि बन्द रहेको छ ।
भोजपुरमा नेपाल वायुसेवा निगमले विराटनगरका लागि मङ्गलबार, बिहीबार र शनिबार तीन उडान गर्ने गरेको छ भने काठमाडौँका लागि चार उडान भर्दैै आएको छ ।
यसैबीच, अविरल वर्षाका कारण भोजपुर–लेगुवा, भोजपुर—घोरेटार, भोजपुर—दिङ्ला र भोजपुर—अन्नपूर्ण—चखेवा सडक हिलाम्मै भएपछि यातायात सञ्चालनमा अबरोध आएको छ । रासस
Comments
अरु समाचार
-
‘बैंकको स्टाफ हुँ’ भन्दै ठगी गर्ने गिरोह सक्रिय, सतर्क रहन प्रभु बैंकको सेवाग्राहीलाई आग्रह
काठमाडौं । प्रभु बैंक लिमिटेडले वित्तीय ठगीबाट बच्न सबैमा आग्रह गरेको छ । उक्त बैंकले एक सूचना प्रकाशित गर्दै पछिल्लो...
-
नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घट्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज नेप्से परिसूचक २४ दशमलव ९७ अङ्कले घटेर दुई...
-
‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा समेटिए १० परियोजना(सूचीसहित)
काठमाडौं । नेपाल र चीनबीच बुधबार बेइजिङमा हस्ताक्षर भएको ‘बीआरआई सहकार्य फ्रेमवर्क’ मा नेपालले प्रस्ताव गरेका १० परियोजना परेका छन्...
-
सुपर काबेली ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन सुरु
काठमाडौं । स्नो रिभर्स लिमिटेडले निर्माण गरेको १३ दशमलव पाँच मेगावाट क्षमताको सुपर काबेली ‘ए’ जलविद्युत् आयोजना औपचारिक रूपमा विद्युत्...
-
नेप्से परिसूचक १७ दशमलव ८० अङ्कले बढ्यो
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७ दशमलव ८० अङ्कले बढेर दुई हजार सात सय ७५ दशमलव ८५ अङ्कमा...
-
सिलीगुडी–झापा र अमलेखगञ्ज चितवन पाइपलाइन विस्तारबारे छलफल
काठमाडौं । भारतको भ्रमणमा रहेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी र उनका भारतीय समकक्षी पेट्रोलियम तथा प्राकृतिक ग्यासमन्त्री हरदिपसिंह...
-
सुनको मूल्य प्रतितोला एक हजारले बढ्यो
काठमाडौं । सुनको मूल्य प्रतितोला रू एक हजारले बढेको छ । सोमबार प्रतितोला रू एक लाख ४९ हजार तीन सयमा...
-
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलः मध्यराति पर्यटनमन्त्रीद्वारा अवलोकन
काठमाडौं । मुलुकको व्यस्त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको क्षमता अभिवृद्धिको काम तीव्र गतिमा भइरहेको छ । गत कात्तिक २३ गतेदेखि दैनिक...
-
नेप्से परिसूचक दोहोरो अङ्कले बढ्दा साढे १० अर्बको कारोबार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ । परिसूचक १९ दशमलव ९७ अङ्कले बढेर दुई हजार...