एम्बुलेन्स सेवाका लागि रु आठ लाख सहयोग
गुल्मी, ६ असोज । गुल्मीको निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीमार्फत विभिन्न ठाउँमा एम्बुलेन्स सेवा सञ्चालनका लागि आर्थिक सहयोग अभियान सुरु गरी आर्थिक रकम थपिँदै गएको छ ।
निस्ती–बडिघाट सामुदायिक विकास केन्द्र गुल्मीले केही समयअगाडि देखि स्वदेश तथा विदेशका विभिन्न देशमा रहेका यस क्षेत्रका नेपालीबाट अर्थ अभियान सञ्चालन गरेको थियो । उक्त अभियानबाट हालसम्म विभिन्न व्यक्तिबाट रु सात लाख ५० हजार आर्थिक सहयोग सङ्कलन भएको केन्द्रका अध्यक्ष मोहन घिमिरेले जानकारी दिनुभयो ।
जिल्लाको पश्चिम क्षेत्र अर्थात् दुर्गम इलाकामा राम्रो स्वास्थ्य उपचारका लागि एम्बुलेन्स सेवा नहुँदा निकै समस्या भोगिरहेका यस क्षेत्रका जनताको स्वास्थ्य उपचारको सहजताका लागि संस्थाले अभियान सञ्चालन गरेको समेत अध्यक्ष घिमिरेले जानकारी दिनुभयो ।
साथै, उहाँले अब छिट्टै एम्बुलेन्स सेवा सञ्चालन गर्नेसमेत जानकारी दिनुभयो । स्थानीय बासिन्दा भने स्वास्थ्य उपचारमा सहजताका लागि एम्बुलेन्स सेवा सञ्चालन हुने आशाले हर्षित भएका छन् । रासस
Comments
अरु समाचार
-
सुनचाँदीको मूल्य निरन्तर अकासिँदो !
काठमाडौं ।आज बुधबार सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला...
-
आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...
-
केवाइसी भ्यानमा सिजीको सिन्डिकेट, विनोद चाैधरीको ध्यान अदालतको दुरुपयोगमा !
काठमाडाैं । ‘प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन, २०६३’ ले बजारमा सिण्डिकेट निषेध गरे पनि सिजी मोटर्सले सवारी साधन आयातमा...
-
शनिबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ
काठमाडौं– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको...
-
सुनको मूल २ लाख ५० हजार नाघ्यो
काठमाडौं । शुक्रबार सुनको मूल्य २ लाख ५० हजार नाघेको छ । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अनुसार आज...
-
पूर्वीनाकाबाट एक अर्ब ३७ करोडको चिया निर्यात
झापा । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्षको प्रथम चौमासिकमा रु एक अर्ब ३७ करोड ३० लाख ७७ हजार बराबरको चियाको...
-
आजदेखि एक सयको नयाँ नोट चलनचल्तीमा
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि एक सय रुपियाँ दरको नयाँ बैंक नोट चलनचल्तीमा ल्याएको छ । बैंकले सूचना जारी गर्दै...
-
जकार्ता विश्वकै सबैभन्दा ठूलो सहर, टोकियो तेस्रोमा झर्यो
काठमाडौं । संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इन्डोनेसियाको राजधानी जकार्तालाई विश्वको सबैभन्दा ठूलो शहर घोषणा गरेको छ । यो शहरमा...
-
मुस्ताङमा आलुको उत्पादन क्षेत्र विस्तार : ६२ करोडको ८२ लाख बढीको बिक्री
मुस्ताङ । यहाँको पाँच स्थानीय तहमा रु ६२ करोड ८२ लाख ३५ हजार ४०० बराबरको आलु उत्पादन भएको छ ।...












