कतारमा प्रथम जितिया महोत्सव सम्पन्न
दोहा । थारु कल्याणकारिणी सभा कतार च्याप्टरको आयोजनामा “जातिय पहिचानको संरक्षण प्रवर्धन, शैक्षिक आर्थिक सामाजिक उत्थान हाम्रो समर्पण” भन्ने मुल नाराका साथ प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोह २०१६ भव्यताका साथ सम्पन्न भएको छ ।
थारु कल्याणकारिणी सभा कतार च्याप्टरका उपसभापति सत्यनारायण चौधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सञ्चालन महामन्त्री भगवती प्रसाद चौधरीले गरेका थिए ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष सियाराम चौधरी रहेका थिए ।
विशेष अतिथिहरुमा एनआरएनए एनसीसी कतारका अध्यक्ष विनेश तामाङ, थारु कल्याणकारिणी सभा नेपालका पुर्व केन्द्रिय सदस्य राम लगन चौधरी, महासंघ कतारका विशेष सल्लाहकार दिल किरण खजुम, सल्लाहकार सुक वहादुर तामाङ, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर, किरात याक्थुङ चुम्लुङका द्धितिया उपाध्यक्ष हर्क खजुम, तमु गुरुङ समाजका सचिव तेज गुरुङ, नेपाल प्रवासी तामाङ समाजका अध्यक्ष थर्चा लामा, भुजेल प्रवासी सेवा समाजका उपाध्यक्ष मीलन भुजेल, सुनुवार सेवा समाजका सल्लाहकार पुरुशोत्तम सुनुवार, माझी सेवा समाजका उपाध्यक्ष भरत माझी, नेपाल पत्रकार महासंघका सभापति गणेश वञ्जाडे रहेका थिए ।
त्यस्तै गरी समाजसेवी तथा वुद्धिजीवीहरुमा चानक पोखरेल, हुसेन खान, शनिकुमार ओली, रामहरि गैह्रे, महम्मद मुक्तादा, अव्दुल वासिद, होमबहादुर महतो, सर्लाही सेवा समाजका महासचिव सुजन वराल, थारु कल्याणकारिणी सभाका सल्लाहकारहरु देवकान्त चौधरी, भीमनारायण चौधरी, जयनारायण चौधरी, प्रथम जितिया महोत्सव तथा थारु मिलन समारोहका संयोजक अरविन्द्र कुमार चौधरी, उपसंयोजक चाँदनी चौधरी रहेका थिए ।
राष्ट्रिय गीतवाट शुरु भएको कार्यक्रममा प्रमुख अतिथि सियाराम चौधरीले दीप प्रज्वलन गरी औपचारिक रुपमा उदघाटन गरेका थिए ।
संस्थाका सदस्य श्यामलाल चौधरीले स्वागत मन्तव्य राखे । जितिया पर्वको वारेमा सदस्य शान्ति चौधरीले मिठो भाषमा प्रकाश पारे ।
Comments
अरु समाचार
-
आज माघ शुक्ल पूर्णिमा, एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदै
काठमाडौँ । माघ शुक्ल पूर्णिमाका दिन आज एक महिना लामो स्वस्थानी व्रत कथा समापन गरिँदैछ । पौष शुक्ल पूर्णिमादेखि वैदिक...
-
पश्चिमी वायुको आंशिक प्रभाव : उच्च पहाडी भेगमा हल्का हिमपात र वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा कुहिरो लागेको...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...
-
देशभर १६ आगलागीका घटना, दुई जनाको ज्यान गयो
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म देशभर विपद्मा २० घटना...
-
उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षा हुने
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो...
-
युवराज सफल पक्राउ, तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोप
काठमाडौं । तथ्यहीन अभिव्यक्ति तथा गाली बेइज्जतीको आरोपमा युवराज सफल भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा उनले...
-
ओखलढुंगामा वृद्ध दम्पतीको ह*त्या
काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ स्थित एक घरमा मंगलबार बिहान करिब साढे ७ बजेतिर वृद्ध दम्पतीको हत्या भएको अवस्थामा शव...
-
आज पश्चिम र भोलि देशका धेरैजसो ठाउँमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं । आज देशका पश्चिम क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आज दिउँसो गण्डकी तथा...











