चिराइतो खेतीमा रोग लागेपछि किसान चिन्तित
भोजपुर, १० असोज । गत वर्षको तुलनामा यस वर्ष चिराइतोले बजार भाउ पाए पनि बालीमा रोग लागेपछि भोजपुरका किसान चिन्तित बनेका छन् ।
माथिल्लो भेगका किसानका लागि आम्दानीको मुख्य स्रोत बनेको चिराइतोको बोट कालो हुने, सुकेर जाने, जरामा किरा पर्ने रोग देखिएपछि किसान चिन्तित बनेका हुन्् ।
खेती लगाएर हुर्कर्दै गरेको आधाजसो बोट रोगले सखाप पार्न लागेपछि उत्पादनमा गिरावट आई आम्दानी गुम्ने भएको षडानन्द नगरपालिका–८ का कमल भुजेलले बताउनुभयो ।
उहाँका अनुसार “दाम आउने बोट जरासितै मर्न थालेको छ,” “बगानै खत्तम हुन लागेको छ, हाम्रो खाने लाउने, घरखर्च टार्ने मेलोमेसो नै गुम्न लागेको छ ।”
कृषि विकास कार्यालय भोजपुरमा उपचार पद्धतिबारे सोधपुछ गर्दा अनविज्ञता व्यक्त गरेको सोही ठाउँका अर्का कृषक ग्याल्जेन शेर्पाले बताउनुभयो ।
माथिल्लो भेगको एक हजार ७०० देखि तीन हजार मिटर उचाइसम्ममा उत्पादन हुने चिराइतोबाट पोहोर साल प्रतिघर रु २४ लाख कमाएका किसानले यस वर्ष भाउ पाए पनि रु ५० हजारसमेत बनाउन नसक्ने अनुमान लगाइसकेका छन् ।
छोटो र कम लगानीबाटै अत्यधिक आम्दानी लिन सकिने भएपछि विगत छ वर्षदेखि परम्परागत खेतीलाई छाडेर नगदेबाली चिराइतोमा भोजपुरका कृषक आकर्षित बनेका हुन् । रासस
Comments
अरु समाचार
-
आजदेखि साबिककै अनुसार १४.२ किलो तौल भएको ग्यास सिलिन्डर प्रयोगमा ल्याइँदै
काठमाडौं । नेपाल आयल निगमले आजदेखि बजारमा खाना पकाउने ग्यासको भरी सिलिन्डर पठाउने भएको छ । निगमले साबिककै अनुसार १४.२...
-
मुलुकका ४४ जिल्लामा बाढीको जोखिम, साना नदीमा आकस्मिक बाढीको सम्भावना
काठमाडौँ। यतिबेला मुलुकका ४४ जिल्लामा आकस्मिक बाढीको मध्यमदेखि उच्च जोखिम रहेको छ ।जल तथा मौसम विज्ञान विभागले पाँचथर, इलाम, झापा,...
-
मन्त्रीपरिषद् बैठकका पाँच महत्त्वपूर्ण निर्णय, वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त
काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले पाँच महत्वपूर्ण निर्णय गरेको छ । यसैक्रममा बैडकले बीउबिजनसम्बन्धी...
-
बैंकर ज्योति पाण्डेलाई मातृशोक
काठमाडौं। नेपाल इन्भेष्टमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे र शिखर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेलाई मातृशोक परेको छ।...
-
पुनः प्रयोगयोग्य रकेट परीक्षणमा चीन सफल, अन्तरिक्ष दौडमा नयाँ उपलब्धि
काठमाडौं । चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटको सफल अवतरण गर्दै अन्तरिक्ष प्रविधिमा नयाँ उपलब्धि हासिल गरेको छ। चाइना एरोस्पेस...
-
‘बिपी राजमार्ग अवरुद्ध भए ३० मिनेटभित्र सञ्चालन गर्ने आवश्यक तयारी’
काभ्रेपलाञ्चोक । बाढीपहिरोबाट क्षतिग्रस्त भई पुनर्निर्माण भइरहेको बिपी राजमार्गको काभ्रेपलाञ्चोक–सिन्धुली खण्ड वर्षायाममा पनि सहज सञ्चालन गर्ने तयारी गरिएको छ। डिभिजन...
-
टेलिकम बिलिङ प्रणाली ठेक्का प्रकरण : विशेष अदालतद्वारा सबै आरोपितलाई सफाइ
काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमको बिलिङ प्रणाली ठेक्का प्रक्रियासम्बन्धी भ्रष्टाचार मुद्दामा सबै आरोपितलाई सफाइ दिएको छ। अदालतले नेपाल टेलिकमका...
-
दिपक भट्टसँग जोडिएपछि देउवाका छोरा जय विरलाई बयानका लागि बोलायो विभागले
काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयवीर सिंह देउवालाई बयानका लागि बोलाएको छ । विभागले दिपक भट्ट र सुलभ अग्रवालसँग...
-
‘मौद्रिक नीतिबाट ठोस राहत नआए अर्थतन्त्रले नयाँ छलाङ मार्न सक्दैन’
काठमाडौँ । आगामी मौद्रिक नीतिमार्फत कर्जा प्रवाह विस्तार, उत्पादनमुखी लगानी प्रोत्साहन र नीतिगत स्थायित्व सुनिश्चित गर्न नसके अर्थतन्त्रले अपेक्षित गति...












