नाका सहज भएपछि विराटनगर भन्सारले उठायो लक्ष्यभन्दा बढि राजश्व
विराटनगर ११ असोज । गत बर्ष भारतले नेपालमाथि लगायको छ महिना लामो नाकाबन्दी खुलेपछि विराटनगर भन्सार कार्यालयले चालु आर्थिक बर्षको दुई महिनामा लक्ष्यभन्दा १० करोड ३६ लाख रुपैयाँ बढी राजस्व असुली गरेको छ ।
कार्यालयले यस अवधिमा तीन अर्ब ९५ करोड ८४ लााख रुपैयाँ राजस्व असुली गर्ने लक्ष्य रहेकोमा चार अर्ब छ करोड २० लाख रुपैयाँ राजस्व असुली गरेको हो ।
चालु आबमा बन्द हड्ताल जस्ता भन्सार नाकामा अबरोध पुग्ने कुनै किसिमका गतिविधि नभएले लक्ष्य भन्दा बढी प्रगति हासिल गर्न कार्यालय सफल भएको विराटनगर भन्सार कार्यालयका प्रमुख कृष्ण बस्नेतले बताए ।
गत आबको सोही अवधिमा भने उक्त कार्यालयले तीन अर्ब पाँच करोड ५७ लाख रुपैयाँ मात्र राजस्व असुली गरेको थियो । गत वर्ष संबिधान घोषाणाको विरोध गर्दै मधेशबादी दलहरुले गरेको बन्द हड्ताल र भारतको नाकाबन्दीका कारण भन्सार नाकामा अबरोध हुँदा राजस्व असुली कम भएको कार्यालय प्रमुख बस्नेत बताउँछन् ।
विराटनगर भन्सार नाकाबाट औद्योगिक कच्चा पदार्थ, खाद्य बस्तु र पेट्रोलिय पदार्थ बढी मात्रमा आयत हुन्छ भने अलैची, जुटका सामाग्री, धागो, कर्कट पाता, छाला, चिराइतो लगायतका बस्तुहरु निर्यात हुने गर्दछ ।
Comments
अरु समाचार
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको...
-
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलोपटक ‘फ्लाई दुबई विमान’अवतरण, गरियो भव्य स्वागत
काठमाडौं । पहिलो पटक पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको 'फ्लाई दुबई विमान' लाई भव्य स्वागत गरिएको छ । असोज ७...
-
फेसबुक र इन्स्टाग्राममा ठगीविरुद्ध मेटाको अभियान, ३७ लाखभन्दा बढीमाथि कारबाही
सिङ्गापुर । सामाजिक सञ्जाल कम्पनी मेटाले सिंगापुर प्रहरीबाट प्राप्त सूचनाका आधारमा यस वर्ष अहिलेसम्म ठगीसँग सम्बन्धित ३७ लाखभन्दा बढी अकाउन्ट,...
-
बाढी पीडितलाई विद्युत महसुलमा राहत, न्यूनतम बिलिङदेखि निःशुल्क मिटरसमेत
काठमाडौं। सरकारले बहालवाला सुरक्षाकर्मीहरूलाई जलविद्युत् आयोजनाको प्राथमिक शेयर (आईपीओ) मा २ प्रतिशत सहभागिता सुनिश्चित गर्ने कानुनी व्यवस्था मिलाउन प्रक्रिया अघि...
-
भृकुटीमण्डपमा ‘यामाहा ब्लु फेस्ट’: १० लाखसम्म क्यासब्याकदेखि अन–द–स्पट फाइनान्सिङसम्म
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा यही असोज १० गते शनिबारसम्म यामाहाको ‘ब्लु फेस्ट’ सञ्चालन हुँदैछ। नेपालका लागि आधिकारिक वितरक MDW राइड्स...
-
पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत: सर्वोच्च अदालत
काठमाडौं । राहदानी विभागबाट पासपोर्ट छपाइका लागि भएको ठेक्कापट्टा कानुनसम्मत रहेको सर्वोच्च अदालतले ठहर गरेको छ । न्यायाधीशहरू कुमार रेग्मी...
-
आज किन स्थगित गरियो नियमित सेयर कारोबार ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (सोमबार) को नियमित सेयर कारोबार स्थगित गरेको छ । नेप्सेका अनुसार ७२...
-
‘आरोहणको तयारी गर्दैगर्दा हिम पहिरो गएको त्यो क्षण’
गोरखा । मनास्लु हिमालको तेस्रो शिविरमा गएको हिमपहिरोमा परी दुई जनाको मृत्यु भएको घटना यस वर्षको आरोहण सिजनमा हिमाली पर्यटनको...
-
आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर
काठमाडौँ। नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर...













