उपेन्द्र यादवको दसैँलाई सन्देश, ‘शुभकामना की व्याङ्ग्य’
काठमाडौं, ४ कात्तिक । नेपाल–भारत सीमानाका अबरोध गरेर नाकाबन्दी गरी नेपाली जनतालाई सास्ती दिएका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बडादसैँका अवसरमा शुभकामना सन्देश दिनु भएको छ ।
यादवले आज (बुधबार) शुभकामना सन्देश जारी गरेर भन्नुभएको छ, ‘यस वर्षको बडादसैँको शुभअवसरमा पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा निरन्तर लागिरहनुभएका समस्त न्यायप्रेमी साथी, शुभेच्छुक, मुलुकबाहिर रहनुभएका दाजुभाइ दिदीबहिनी एवम् सबै वर्ग, पेशा र समुदायहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ ।’
विगतका सम्झौताहरूलाई संविधानमा संस्थागत गर्न, जायज मागसहितको शान्तिपूर्ण आन्दोलन आजसम्म निरन्तर जारी उहाँले बताउनुभएको छ ।
‘शान्तिपूर्ण आन्दोलनलाई सरकारले वेवास्ता गरेको मात्र होइन, मण्डले अतिवादको शैलीमा शान्तिपूर्ण आन्दोलनमाथि बर्बर दमन गरेर नेपाल र नेपाली जनतामाथि यो सरकारले अत्यन्तै असहज वातावरण सृजना गरेको छ’, अध्यक्ष यादवले भन्नुभएको छ, ‘ग्यास, पेट्रोलियम पदार्थ, औषधि, मलखाद र खाद्यान्न अभावको सृजना यो सरकारकै नालायकीपन हो ।’
उहाँले मागहरू पूरा नभइञ्जेल बलिदानकासाथ लडिरहने न्यायप्रेमी आन्दोलनकारी दाजुभाइ दिदीबहिनीहरूप्रति आभार प्रकट गर्नुभएको छ ।
यादवले आफ्नो पार्टी सङ्घीय समाजवादी फोरम, नेपालले जारी आन्दोलनको अगुवाई गर्ने पनि उल्लेख गर्नुभएको छ ।
मधेसी मोर्चाको नाकाबन्दीका कारण नेपाली हिन्दूहरूको महानपर्व बडादसैँ खल्लो भइरहेका बेला संघीय समाजवादीका अध्यक्ष यादवले दिनुभएको शुभकामना सन्देशले नेपालीहरूमा व्याङ्ग्य गरेको छ ।
Comments
अरु समाचार
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...
-
दोलखाका ‘युवा’ नोर्बु शेर्पाको राजनीतिक सक्रियता बढ्दो, कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन
काठमाडौं । दोलखा जिल्लाको उत्तरी भेगअन्तर्गत गौरीशंकर गाउँपालिका–६ का नोर्बु शेर्पा नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्विरोध चयन भएका छन्। पार्टी...












