बिधान संशोधन कार्यदलमा नेपाल ओली भागबण्डा
काठमाडौ, श्रावण ८ – एमाले अध्यक्ष केपी ओलीले संविधान नचाहने समूहले संविधान जारी होला भन्ने डरले आन्दोलनको नाममा विचण्डा मच्चाएको आरोप छ । सीमांकन र नामांकन तथा धर्मनिरपेक्षताको बिषयमा भएको आन्दोलनतर्फ लक्षित गर्दै ओलीले त्यस्ता आन्दोलन तर्क र तथ्यको आधारमा नभएको दाबी गरे ।
ओली निवास बालकोटमा रिपोर्टस् क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले संविधानमै संघीयता उल्लेख भएकाले संघीयता नहोला भन्ने आशंका नगर्न अनुरोध गरे ।
‘संविधान जारी भएको ६ महिनाभित्र छुट्टै आयोगले सीमांकनको विषय टुंग्याउछ’, ओलीले भने, ‘आयोग स्वतन्त्र र वैज्ञानिक हुन्छ ।’ मधेसी दलको आन्दोलनप्रति लक्षित गर्दै ओलीले जनताले दिएको सुझाव अनुसार प्रदेशको सीमांकन र नामांकन हुन्छ भने पार्टीलाई आपत्ति नभएको जनाए ।
नागरिकताको सन्दर्भमा टिप्पणी गर्दै ओलीले कुनै पनि नेपाली नागरिकता विहीन हुनु नपर्ने उल्लेख गरे । ‘नेपाली होइनन् भने मात्रै नत्र भने सबै नेपालीले नागरिकता पाउँछन्’, ओलीले भने ।
कार्यक्रममा बोल्दै ओलीले धर्म निरपेक्षताको नेपाली अनुवाद नै गलत भएको बताए । ‘धर्म निरपेक्षता भनेको धार्मिक स्वतन्त्रता भन्न खोजेको हो’, उनले भने,‘निरपेक्षताको स्थानमा धार्मिक स्वतन्त्रता उल्लेख गर्न सकिन्छ ।’
उनले नयाँ बन्ने संविधानमा प्रेस स्वतन्त्रताको ग्यारेन्टी हुने बताए । ‘प्रेस स्वतन्त्रता भनेकै पूर्ण हो’, ओलीले भने,‘स्वतन्त्रता भन्ने कुरा आधा वा कम भन्ने हुन्न ।’ उनले संविधानमा प्रेस स्वतन्त्रताको सट्टा पूर्ण प्रेस स्वतन्त्रता लेख्न पनि कुनै आपत्ति नभएको बताए ।
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












