अब साउनभित्रै संविधान जारी हुन्छः मन्त्री आचार्य
भक्तपुर, साउन २४– वन तथा भूसंरक्षणमन्त्री महेश आचार्यले अब साउनभित्रै संविधान जारी हुने बताएका छन् ।
भूसंरक्षण दिवसका अवसरमा ‘क्षतिग्रस्त भूमि पुनः स्थापनाको आधार व्यवस्थित र संरक्षित जलाधार’ भन्ने नाराका साथ आज भूसंरक्षण तथा जलाधार विभाग र मनोरम समाजले आज भक्तपुरको मनोहरा खोला किनारमा आयोजना गरेको वृक्षरोपण कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
धर्म निरपेक्ष लगायतका केही ससाना विषयमा मात्र सहमति हुन बाँकी रहेको बताउँदै उनले यी विषयमा पनि छिट्टै सहमति हुने दाबी गरे । सहमतिमा केही साना दलले असन्तुष्टि जनाए पनि उनीहरुको भावनालाई समेटेर नै संविधान जारी गर्ने प्रयत्न हुने बताउँदै भने , “संविधान भनेको स्थायी प्रकृतिको कानुन होइन, यो आवश्यकता अनुरुप परिवर्तन पनि गर्न सकिन्छ, अहिले नै सबै कुरा सकियो, सिद्धियो भन्ने सोच्न हँुदैन ।”
कार्यक्रममा मन्त्री आचार्यले माटो पानी जोगाएर हरियाली प्रवद्र्धन गर्नुपर्ने आवश्यकता रहेको औँल्याउँदै जलाधार क्षेत्रको संरक्षणका लागि जमिनको सुरक्षा र उत्पादकत्व वृद्धि गर्नुपर्नेमा जोड दिए ।
–
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












