साक्षरता कार्यक्रम किसानमाझ प्रभावकारी बन्यो

रामपुर (पाल्पा), २५ पुस । पाल्पामा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रम किसानमाझ प्रभावकारी बनेको छ ।
नेपालमा युएसआइडीको सहयोगमा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रमबाट एक हजार ७१३ जना किसान लाभान्वित भएका छन् ।
सामान्य लेखपढ गर्न नसक्ने किसान नेपाली अक्षर लेख्न र पढ्न सक्ने भएका छन् ।
पाल्पाको रामपुर नगरपालिका, गल्धा, हुँगी, नायरनम्तलेस, पालुङमैनादी, चिदिपानी, चिर्तुङधारा, पोखराथोक, खस्यौली, मस्याम, तेल्घा गाविसमा ६६ वटा किसान समूह गठन गरेर साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच कक्षाभन्दा कम पढेका १६ वर्षदेखि ६० वर्ष उमेर समूहका २१४ पुरुष र एक हजार ४९९ महिला किसान साक्षर बनेका हुन् ।
एक वर्षसम्म सञ्चालन भएको साक्षरता कार्यक्रमबाट किसानले सामान्य लेखपढ, आफ्नो व्यवसायको हरहिसाब गर्न सक्ने भएका छन् ।
अरुका अगाडि उठेर बोल्न र हस्ताक्षर गर्न नसक्ने रामपुरकी ५२ वर्षीया भगवती देवकोटाले हिजोआज नेपाली अक्षर राम्रोसँग पढ्न र लेख्न सक्ने हुनुभएको छ । साक्षरता कार्यक्रमबाट गाउँघरमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, सभा समारोहमा निर्धक्कसँग बोल्न सक्ने भएका छन् ।
“लेखपढ गर्न नजान्दा सामान्य हिसाब किताबमा ठगिनु पर्दथ्यो, अहिले यी समस्याबाट मुक्त भएको छु” ५८ वर्षीया डेमा देवकोटाले भन्नुभयो । उहाँले घरमा बसेर लेखपढ गर्न थालेपछि परिवार र छिमेकी दङ्ग छन् ।
सामान्य लेखपढ, जीवन उपयोगी सिप, उद्यमशीलता सिप, कृषि, पशुपालन, बजारीकरण, बालबालिका, महिला र गर्भवतीको पालनपोषण, स्याहारसुसार, आम्दानी र बचतका कुरा किसानलाई सिकाइएको साक्षरता कार्यक्रमका अनुगमनकर्ता शिवहरि डोटेलले बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












