संसदमा किन बस्दैनन् सांसद ?
काठमाडौं, २६ पुस । संसद् बैठकमा सोमबार चार सय चार सांसदले हाजिर गरेका थिए । तर, स्थानीय तह निर्वाचनसँग सम्बन्धित महत्वपूर्ण विधेयकमाथि विचार गरियोस् भनी स्वीकृतिका लागि प्रस्तुत गर्दा संसद्मा गणपूरक संख्या नै पुगेन । नेमकिपाका सांसद डिल्ली काफ्लेले गणपूरक संख्या अपुग रहेको भन्दै गणना गर्न माग गरेपछि कोरम नै पुगेन । त्यसवेला संसद् बैठक कक्षभित्र एक सय १६ सांसद मात्र उपस्थित थिए । दुई सय ८८ सांसद भने हाजिर गरेर ‘टाप’ कसिसकेका थिए । केही सांसद भने संसद् भवनबाहिर घाम तापेर गफिँदै थिए । लगातार १५ मिनेट घन्टी बजाइएपछि केही सांसद बैठक कक्षमा फर्किएका थिए । संसद्मा गणपूरक संख्या पुर्याउने दायित्व सत्तापक्षको भए पनि सत्तापक्षकै कतिपय सांसद हाजिर गर्ने र बाहिरिने गरेकाले पटक–पटक संसद् बैठकमा कोरम नपुग्ने गरेको छ ।
नियमित चल्यो संसद् १६ मंसिरदेखि लगातार अवरुद्ध हुँदै आएको संसद्को सोमबारको बैठक भने नियमित रूपमा चलेको छ । आइतबार प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद पनि सरकारले संविधान संशोधन विधेयक पेस गर्नुपरेको थियो । तर, सोमबार भने विपक्षी पार्टीहरूको कुनै विरोध देखिएन । संसद् अन्य सामान्य वेलामा जस्तै नियमित चलेको थियो । सोमबारको संसद् बैठकले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्तावदेखि प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधिसमेत अनुमोदन गरेको थियो ।
नियमित चल्यो संसद्
१६ मंसिरदेखि लगातार अवरुद्ध हुँदै आएको संसद्को सोमबारको बैठक भने नियमित रूपमा चलेको छ । आइतबार प्रमुख प्रतिपक्षी दलको विरोधका बाबजुद पनि सरकारले संविधान संशोधन विधेयक पेस गर्नुपरेको थियो । तर, सोमबार भने विपक्षी पार्टीहरूको कुनै विरोध देखिएन । संसद् अन्य सामान्य वेलामा जस्तै नियमित चलेको थियो । सोमबारको संसद् बैठकले कार्यव्यवस्था परामर्श समितिका सदस्यहरूको नाम हेरफेरको प्रस्तावदेखि प्रत्यक्ष प्रश्नोत्तरसम्बन्धी आन्तरिक कार्यविधिसमेत अनुमोदन गरेको थियो ।
स्थानीय तह निर्वाचन विधेयक स्वीकृत
सरकारले निर्वाचनका लागि संसद्मा पेस गरेको स्थानीय तह निर्वाचन विधेयक स्वीकृत भएको छ । विधेयकमाथिको सैद्धान्तिक छलफलपछि सोमबारबाट विधेयक संशोधनको प्रक्रियामा अगाडि बढेको छ । अब विधेयकमाथि सांसदहरूले आफूलाई लागेका विषयमा संशोधनका लागि समय पाउनेछन् । विधेयक स्वीकृतिका लागि सभामुखले प्रस्ताव पेस गर्दा संसद्मा सांसदहरूको गणपूरक संख्या नपुगेपछि केही बेर घन्टी बजाएर सांसदलाई बोलाउनुपरेको थियो । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयशंकर नायकले ‘स्थानीय तह निर्वाचन विधेयक, २०७३’ र ‘निर्वाचन (कसुर तथा सजाय) विधेयक, २०७३’ प्रस्तुत गरेका थिए । त्यसअघि स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न ती विधेयक आवश्यक भएको बताउँदै मन्त्री नायकले दुवै विधेयक सदनसमक्ष प्रस्तुत गर्न अनुमति मागेका थिए ।
भूकम्पपीडितलाई राहत दिन माग
संसद् बैठकमा कांग्रेस सांसद रामहरि खतिवडाले भूकम्पपीडितले पहिलो किस्ताको राहत रकम नै नपाएको गुनासो गरे । विशेष समयमा बोल्दै उनले अहिले कतिपय भूकम्पपीडितको पाल र खाने थाल नभएको भन्दै ४५ दिनभित्र राहत पु¥याउने सरकारको योजना कहिले कार्यान्वयन हुने भन्दै जिज्ञासा राखेका थिए । ‘प्रधानमन्त्रीले ४५ दिनभित्र राहत रकम पाउने बताउनुभएको थियो,’ खतिवडाले भने, ‘त्यो ४५ दिन कहिले पुग्छ भनेर भूकम्पपीडित आश गरेर बसिरहेका छन् ।’ उनले पुनर्निर्माण प्राधिकरणमा एक लाख ८० हजारभन्दा बढीले गुनासो गरेको भन्दै गुनासोको तत्कालै निक्र्योल गर्न पनि माग गरे । ‘गुनासो फर्म कहाँ छ ?’ खतिवडाको प्रश्न थियो, ‘प्राधिकरणले त्यसको निक्र्योल छिटो गरी राहत दिनुपर्छ ।’
दलित छात्रावास बनाउन माग
माओवादी केन्द्रका सांसद उमेश यादवले दलित र गैरदलितका बीचमा अझै विभेद रहेको भन्दै त्यस्तो विभेद हटाउन माग गरे । विद्यार्थीहरूको हकमा त्यस्तो विभेद चर्काे रहेको र बस्ने वाससमेत विद्यार्थीले नपाएको गुनासो गरे । उनले दलित विद्यार्थीले बस्ने ठाउँसमेत नपाएको भन्दै दलित छात्रावासको व्यवस्था गर्न सरकारसँग माग गरे ।
पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग
राप्रपाका सांसद कुन्तीकुमारी शाहीले २७ पुसको पृथ्वी जयन्तीमा सरकारले सार्वजनिक बिदा दिनुपर्ने माग गरिन् । उनले सार्वभौमसत्ताको कुरा गर्ने नेपालीले आधुनिक नेपाल निर्माणमा योगदान पु्र्याएका पृथ्वीनारायण शाहको जन्मजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने जिकिर गरिन् । सदन, सरकार र संविधान निर्माणसम्म विदेशी हस्तक्षेप रहेको आरोप लागिरहेका वेला स्वाधीन नेपाल निर्माणमा योगदान पुर्याएका पृथ्वीनारायणको जन्मजयन्तीमा सार्वजनिक बिदा दिनुपर्ने उनको भनाइ थियो ।
माओवादीको ह्विप नै थियो ५४ को हाजिर, ३५ मात्र बैठकमा बसे
माओवादी केन्द्रका ८१ सांसद छन् । केन्द्रले आइतबार र सोमबारको संसद् बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदलाई ह्विप जारी गरेको थियो । संसद्को हाजिरी पुस्तिकामा ५४ सांसदले हाजिर गरेको देखिएको छ । तर, बैठकमा विधेयक स्वीकृतका लागि निर्णयार्थ प्रस्तुत गर्ने वेला ३५ सांसद मात्र बैठक कक्षमा थिए । ‘पार्टीले ह्विप जारी गरेको थियो, सुरुमा ५४ जना हुनुहुन्थ्यो, पछि ३५ जना मात्र देखिनुभयो,’ माओवादी केन्द्रका मुख्य सचेतक टेकबहादुर बस्नेतले भने, ‘कतिपयले बिरामीका कारण सोधेर जानुभएको थियो, केहीले लापरबाही गर्नुभयो ।’ दलको ह्विप उल्लंघन गर्ने सांसदलाई अबको संसदीय दलको बैठकमा स्पष्टीकरण सोधेर कारबाही गरिने बस्नेतले बताए ।नयाँपत्रिकाबाट
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक : प्रधानमन्त्री बालेनले आज नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने
काठमाडौं। संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। आजको बैठक मुख्यत: सरकारको आगामी आर्थिक वर्ष २०८३/०८४ को...
-
प्रदेश र स्थानीय तहबीच अधिकार बाँडफाँडसहित जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी
काठमाडौँ । जलस्रोत व्यवस्थापनलाई सङ्घीय संरचनाअनुरुप व्यवस्थित गर्न सरकारले जलस्रोतसम्बन्धी नयाँ छाता कानून ल्याउने तयारी तीव्र बनाएको छ । ऊर्जा,...
-
सेना र रास्वपा नेतृत्वकाे सरकारमाथि एमाले संसदीय दलका नेता बादलले गरे ८ प्रश्न
काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले संसद्को बैठकमा नेपाली सेना र राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सरकारको नीति...
-
सुशाासनका लागि सरकारी कदम: कर्मचारी राजनीतिमा लागे बर्खास्त
काठमाडौँ। सरकारले निजामती र अन्य कुनै सार्वजनिक निकायमा कार्यरत कर्मचारी राजनीतिक दल वा राजनीतिक गतिविधिमा संलग्न भए भविष्यमा सरकारी सेवाका...
-
नीति तथा कार्यक्रम : ‘देवभूमि नेपाल’ अभियान सञ्चालन गरिने
काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा नेपाललाई विश्व आध्यात्मिक पर्यटन केन्द्रका रूपमा स्थापित गर्न ‘देवभूमि नेपाल’...
-
अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने योजना
काठमाडाैं । सरकारले मुलुकको अर्थतन्त्रलाई परम्परागत स्वरूपबाट रूपान्तरण गरी ‘ज्ञान तथा सेवामुखी डिजिटल अर्थतन्त्र’ बनाउने महत्त्वाकांक्षी योजना अघि सारेको छ...
-
विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्चको आदेश
काठमाडों । सर्वोच्च अदालतले विश्वविद्यालयका विद्यार्थी संगठन खारेज नगर्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेलको एकल इजलासले विद्यार्थी...
-
कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता, मानबहादुर र शेरबहादुरको टोलीलाई उपाधि (तस्बिरहरु)
काठमाडौँ । कानून दिवसको अवसरमा न्यायकर्मीहरूबीच ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ । जस नेपालद्वारा आयोजित प्रतियोगिताको उद्घाटन ललितपुर उच्च अदालत...
-
रास्वपा सभापति लामिछानेले पार्टी सांसदलाई निर्देशन दिँदै भने- गुटबन्दीमा नलाग्नुस्
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी सांसदहरूलाई गुटबन्दीमा नलाग्न निर्देशन दिनुभएको छ । आइतबार पार्टीका सांसदहरूका लागि...












