संविधान बनाउने बेलामा मिले जसरी कार्यान्वयनमा पनि दलहरु मिल्नुपर्छ : पूर्व सभामुख नेम्वाङ
काठमाडौं २९ पुस । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङ्घले प्रमुख दलबीचको मनमुटावले संविधान कार्यान्वयनमा जटिलता उत्पन्नभएको बताउनु भएको छ ।
‘संविधानजारी गर्ने बेला जसरी दलहरु मिले, अब कार्यान्वयनमा पनि त्यसरी नै एक जुट हुनैपर्छ’ गोल्डेन खबर डट कमको बिहीवार शुभारम्भ गर्दै पूर्वसभामुख नेवाङ्घले भन्नुभयो– दलआपसमानमिल्ने हो भने, आउँदो माघ ७ भित्रमा ३ वटै निर्वाचन गर्न सकिएन भने संविधान कार्यान्वयन हुन सक्दैन ।’
एमाले नेता नेम्वाङ्घले संविधानले जनतालाई सबैअधिकार दिएको प्रष्ट्रयाउनुभयो । ‘संविधानले अधिकार दिने हो, बुद्धि, विवेक र क्षमता दिदैन’कार्यक्रममाउहाँले भन्नुभयो–‘बुद्धि, विवेक र क्षमताआफैले विकास गर्नुपर्छ । हामी कसरी मर्यादितबन्ने कुरा संविधानले दिदैन, मर्यादितआफै हुने हो ।’
नेता नेम्वाङ्घले लोकतन्त्रलाई संस्थागतगर्न संचारमाध्यमको भूमिका बढी हुने धारणा व्यक्तगर्नुभयो । ‘विगतकाआन्दोलन सफलहुनपनि सञ्चारमाध्यमको भूमिका उल्लेखीय छ’ उहाँले भन्नु भयो– हाम्रा आवाज विश्वभर पु¥याउन सञ्चारमाध्यमकै भूमिका छ ।’
उहाँले गोल्डेनखबर डट कमलाई कान्छो संञ्चारको रुपमालिदै जिम्मेवार भएर अगाडि बढ्न आग्रहगर्नुभयो ।
कार्यक्रममा काठमाडौं–३ का सांसद रामेश्वर फुयाँलले संघीयता पहिचाहन र सामथ्र्य हेरेर बनाउनु पर्ने बताउनुभयो । ‘पाँच विकास क्षेत्रलाईलाई नै संघीयता मान्दा सबै भन्दाउत्तम हुन्छ’ उहाँले भन्नु भयो ।
सांसद फुयाँलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानकहिल्यै बिर्सन नसकिने बताउनु भयो । ‘राष्ट्रिय एकतादिवसमा सरकारले यस पाली त बिदादिएन, तर अर्को साल जसरी पनि पृथ्वीजयन्ती मनाइन्छ ।’
मओवादी केन्द्रका पोलिटव्यूरो सदस्य प्रकाश रोकायले एनजिओ र आइएनजिओले देश बिगारेको आरोप लगाउनु भयो । ‘कर्णालीमाएनजिओलाई प्रतिबन्धलगाउनु पर्छ’ उहाँले भन्नु भयो ।
कार्यक्रममाकलाकार मदन घिमिरे, संजय खतिवडा, पुष्कर रेग्मी, यज्ञबहादुर थापा, दीपकथापालगायतकावक्ताले गोल्डेन खबर डट कमपत्रकारितामा पृथक ढंगको समाचार दिओस भन्ने आफूहरुको अपेक्षाभएको बताए । कार्यक्रम गोल्डेन पब्लिकेशनका अध्यक्ष प्रबिण बिष्टको अध्यक्षतामाभएको थियो ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












