गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिदैन : मन्त्री महत

चितवन, ७ माघ । परराष्ट्र मन्त्री डा. प्रकाशशरण महतले कूटनीतिक सम्बन्ध सडकमा उठाएर नहुने भन्दै दुई देशबीच टेबलमा बसेर सल्टाउनु पर्ने बताएका छन्।
शुक्रबार चितवनमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले सडकमा गालीगलौज गरेर कूटनीतिक सम्बन्ध सुध्रिने होइन, बिग्रिने बताएका हुन्। उनले भने,’समर्थन र विरोध सडकमा गरेर कूटनीति चल्दैन।’
छिमेकी देश चीन र भारतसँग कुटनीतिक सम्बन्ध सुमधुर हुँदै गएको भन्दै उनले खुल्ला सीमा, डुबान समस्यालगायतका कारण भारतसँग जति समस्या छन् चीनसँग नरहेको बताए। जहाँ बढी समस्या छ, त्यहाँ बढी छलफल हुने भएकाले भारतसँग नजिकजस्तो देखिए पनि दुवै देशसँगको सम्बन्ध समदुरीको रहेको उनको भनाई थियो।
चीनतर्फको कोदारी नाका खोल्न चीन सरकार तयार रहेको भन्दै उनले केरुङलाई विस्तार गर्ने विषयमा पनि छलफल भइरहेको बताए। चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको तयारीका लागि छलफल गर्न सचिवस्तरीय संयन्त्रलाई पत्र लेखिसकिएको पनि उनले बताए।
परराष्ट्रमन्त्री महतले गण्डक सम्झौता कार्यान्वयनका लागि दुई देशका बीचमा सहमति भइसकेको बताए। उनले माघ महिनाभित्र नेपाली पक्षले डिपिआर तयार गरी नहरको पुनःसंरचना निर्माण भारतीय पक्षले गर्ने सम्झौता भएको बताए। सो नहरबाट सम्झौताबमोजिम ४० हजार हेक्टर जमिन सिँचाई हुनुपर्नेमा २५ हजार हेक्टर मात्रै हुँदै आएको उनले बताए।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












