१४ वर्षपछि भेनस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
मेलबर्न। सात पल्टकी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स १४ वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। १३ औं वरियताका भेनसले सोमबार राती भएको क्वाटरफाइनल खेलमा २४ औं वरियताकी रुसी खेलाडी अनास्तासिया पाभ्लुचेन्कोभालाई ६–४ र ७–६ (७–३) को सेटमा पराजित गरेकी थिइन्।
३६ वर्षीय भेनसले वर्षको पहिलो ग्रान्ड स्लाम स्पर्धा अहिलेसम्म जितेकी छैनन्। उनी २००३ मा अन्तिम पल्ट अस्ट्रेलियन ओपनको फाइनल पुगेकी थिइन्। जसमा उनी आफ्नै बहिनी सेरेनाबाट पराजित भएकी थिइन्। उनको सेमिफाइनल भिड्न्त अमेरिकाकै बिना बरियताकी कोको भान्डेवेघीसँग तय भइसकेको छ। भान्डेवेघीले अर्को क्वाटरफाइनलमा सातौ वरियता प्राप्त स्पेनकी गाब्रिने मुगुरुजालाई ६–४ र ६–० ले हराएकी थिइन्।
भेनेस १९९४ पछि बढी उमेरमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी हुन्। यसअघि अमेरिकाकै मार्टिना नभ्रातिलोभा पाको उमेरमा सेमिफाइनल पुगेकी थिइन्।
Comments
अरु समाचार
-
एसियन गेम्स पुरुष क्रिकेटमा छनोट भयाे नेपाल
काठमाडौँ। नेपाल एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ ।मलेसियामा जारी छनोट खेलमा मङ्गलबार घरेलु टोली मलेसियाले चीनलाई...
-
पीएसजी लगातार दोस्रो पटक च्याम्पियन्स लिग विजेता
काठमाडाैं । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) ले लगातार दोस्रो पटक यूईएफए च्याम्पियन्स लिगको उपाधि जित्दै युरोपेली फुटबलमा आफ्नो वर्चस्व...
-
रविन्द्र ढाँट ‘रोड टु युएफसी सिजन ५’ को सेमिफाइनलमा
काठमाडौं । नेपाली एमएमए फाइटर रविन्द्र ढाँट युएफसीको छनोट प्रतियोगिता रोड टु युएफसी सिजन ५ को सेमिफाइनलमा प्रवेश गरेका छन्...
-
आईसीसी विश्वकप लिग–२ : नेपालकाे शानदार जित, अमेरिकालाई १२२ रनले हरायो
काठमाडौँ । आईसीसी विश्वकप लिग–२ अन्तर्गत शुक्रबारको खेलमा नेपालले अमेरिकालाई १२२ रनले हराएको छ । ३१८ रनको लक्ष्य पछ्याएको अमेरिकालाई...
-
आईपीएलः राजस्थानले लखनऊलाई सानदारले हरायो, सुर्यवंशीले बनाए ९३ रन
जयपुर । युवा ब्याट्सम्यान वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग ९आईपीएल० मा लखनऊ सुपर जाइन्ट्समाथि ७...
-
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खला: स्कटल्यान्डलाई हराउँदै नेपाल पाँचौ स्थानमा उक्लियो
काठमाण्डाै – आईसीसी क्रिकेट विश्वकप लिग–२ शृङ्खलामा नेपालले स्कटल्यान्डलाई ६ विकेटले हराएको छ । स्कटल्यान्डले दिएको १९५ रनको लक्ष्य नेपालले...
-
आइसिसी क्रिकेट विश्वकप लिग–२ : नेपाल र स्कटल्याण्ड भिड्दै
काठमाडौँ। आइसिसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज (सोमबार) नेपाल र स्कटल्याण्डबिच खेल हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा...
-
नेपालले अमेरिकालाई ९ विकेटले हरायो, कुशल भुर्तेलको शानदार शतक
काठमाण्डाै – आईसीसी विश्वकप क्रिकेट लिग–टू शृङ्खला अन्तर्गत नेपालले अमेरिकालाई ९ विकेटले हराएको छ । आज भएको खेलमा अमेरिकाले दिएको...
-
विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाण्डौ — आईसीसी विश्वकप क्रिकेट लिग–टु शृङ्खला अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट...












