१४ वर्षपछि भेनस अस्ट्रेलियन ओपनको सेमिफाइनलमा
मेलबर्न। सात पल्टकी ग्रान्ड स्लाम विजेता भेनस विलियम्स १४ वर्षपछि अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी छिन्। १३ औं वरियताका भेनसले सोमबार राती भएको क्वाटरफाइनल खेलमा २४ औं वरियताकी रुसी खेलाडी अनास्तासिया पाभ्लुचेन्कोभालाई ६–४ र ७–६ (७–३) को सेटमा पराजित गरेकी थिइन्।
३६ वर्षीय भेनसले वर्षको पहिलो ग्रान्ड स्लाम स्पर्धा अहिलेसम्म जितेकी छैनन्। उनी २००३ मा अन्तिम पल्ट अस्ट्रेलियन ओपनको फाइनल पुगेकी थिइन्। जसमा उनी आफ्नै बहिनी सेरेनाबाट पराजित भएकी थिइन्। उनको सेमिफाइनल भिड्न्त अमेरिकाकै बिना बरियताकी कोको भान्डेवेघीसँग तय भइसकेको छ। भान्डेवेघीले अर्को क्वाटरफाइनलमा सातौ वरियता प्राप्त स्पेनकी गाब्रिने मुगुरुजालाई ६–४ र ६–० ले हराएकी थिइन्।
भेनेस १९९४ पछि बढी उमेरमा अस्ट्रेलियन ओपनको सेमिफाइनलमा प्रवेश गरेकी हुन्। यसअघि अमेरिकाकै मार्टिना नभ्रातिलोभा पाको उमेरमा सेमिफाइनल पुगेकी थिइन्।
Comments
अरु समाचार
-
काठमाडौं विरूद्ध पोखराले टस जित्याे, दाेस्राे खेलमा सुदूरपश्चिम र चितवन भिड्दै !
काठमाडौं। काठमाडौंको किर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपिएल)मा आजको पहिलो खेलमा पोखरा एभेन्जर्स र काठमाडौँ गोर्खाज भिड्दैछन् । बिहान...
-
एनपीएलमा आज लुम्बिनी र विराटनगरबीच प्रतिस्पर्धा गर्दै !
काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ।...
-
एनपीएलमा आज दुई खेल, जनकपुर/चितवन र पोखरा/ कर्णाली भिड्दै
काठमाडौं । जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज दुई खेल हुँदै छन् । त्रिवि क्रिकेट रंगशाला, कीर्तिपुरमा हुने...
-
फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने !
काठमाडौं । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)का पूर्व कप्तान तथा दक्षिण अफ्रिकी चर्चित ब्याटर फाफ डु प्लेसिस आज नेपाल आइपुग्ने भएका...
-
फाइनलमा आज नेपाल र यूएई प्रतिश्पर्धा गर्दै !
काठमाडाैं । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसिसी पुरुष यू–१९ प्रिमियर कप क्रिकेटमा च्याम्पियन बन्ने लक्ष्यका साथ आयोजक यूएईसँग...
-
एनपीएलमा काठमाडौं गोर्खाजको चौथो जित, कर्णाली याक्सलाई ५ विकेटले हरायो
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौं गोर्खाजले चौथो जित निकालेको छ । कर्णाली याक्सलाई ५ विकेटले पराजित गर्दै...
-
काठमाडौंविरूद्ध कर्णालीले टस जित्यो, पहिला ब्याटिङ गर्ने !
काठमाडौं । कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आइतबार काठमाडौं गोर्खाजसँगको खेलमा पहिला ब्याटिङ गर्ने भएको छ । कर्णालीका...
-
एनपीएलमा आज कर्णाली र काठमाडौं भिड्दै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौँ गोर्खाज...
-
पोखराविरुद्ध लुम्बिनीको तीन विकेटको जित, कसले कस्तो खेले ?
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले तीन विकेटको जित निकालेको छ । प्रतियोगितामा पाँचौँ खेल खेलेको...












