राप्रपाको राष्ट्रिय अध्यक्षमा डा. लोहनी
काठमाडौ,१२ माघ । चक्रिय प्रणालीका आधारमा नेतृत्वको ब्यवस्था गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको कार्यभार आजबाट बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ । राप्रपा नेपालसँग गत मंसिर ६ गते एकीकरण गरेको तात्कालिन राप्रपाको नेतृत्वबीच भएको सहमतिका आधारमा दुई महिनापछि राष्ट्रिय अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता लोहनीले सम्हाल्न लाग्नु भएको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा अपरान्ह तीन बजे एक कार्यक्रमबीच राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणाले लोहनीलाई पद हस्तान्तरण गर्ने एकीकृत पार्टीका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष भने कमल थापा यथावत रहनु हुनेछ । लोहनीले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने एकीकृत महाधिवेशनसम्म पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुनेछ । पद हस्तान्तरण कार्यक्रम अघि पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नेछ । दुई बजेपछि पाटी कार्यालयमा नै बस्ने बैठक भने महाधिवेशन तयारीबारे केन्द्रित हुनेछ । गाउँ र नगर अधिवेशन जारी राखेको राप्रपाले सोबारे समीक्षा गर्दै क्षेत्र र जिल्ला अधिवेशनबारे भावी रणनीति तय गर्नेछ । क्षेत्र र जिल्ला अधिवेशन फरक दिन एकै पटक गर्ने तयारी राप्रपाको छ ।
Comments
अरु समाचार
-
ईश्वर पोखरेलसहित ७ नेता एमाले स्थायी कमिटी सदस्यमा मनोनीत
काठमाडौं । नेकपा (एमाले) ले ईश्वर पोखरेलसहित सात जना नेताहरूलाई स्थायी कमिटी सदस्यमा मनोनीत गरेको छ। बिहीबार बसेको एमाले सचिवालय...
-
धादिङ कांग्रेसमा २० वर्षीय गौरवको छलाङ, महाधिवेशनका लागि बने कान्छा क्षेत्रीय प्रतिनिधि
धादिङ । निलकण्ठ नगरपालिका–१२ का २० वर्षीय गौरव सापकोटा नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा धादिङकै कान्छा क्षेत्रीय प्रतिनिधि बनेका छन्। सानै...
-
भन्सार अधिकृतले एसपीलाई धम्क्याएको अडियो प्रकरणको छानविन गर्न माग
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टिका संग्रौलाले कञ्चनपुरका एक भन्सार अधिकृतले कैलालीका सशस्त्र प्रहरी उपरीक्षकसहित उच्च अधिकारीप्रति धम्कीपूर्ण भाषा...
-
प्रधानन्यायाधीश शर्मा र चिनियाँ प्रधानन्यायाधीश जुनबीच भेटवार्ता
काठमाडौं । प्रधानन्यायाधीश मनोजकुमार शर्माले बुधबार चीनका प्रधानन्यायाधीश झाङ जुनसँग भेटवार्ता गर्नुभएको छ। बेइजिङस्थित चीनको सर्वोच्च जनअदालतमा भएको भेटवार्तामा दुवै...
-
पार्टी संगठित अभियानमा कांग्रेस, आज देशैभर पालिका तहको अधिवेशन
काठमाडौँ । नेपाली कांग्रेसले आज देशैभर पालिका तहको अधिवेशन गर्दैछ । सो पार्टीको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण...
-
प्रतिनिधिसभाको बैठक बस्दै,यस्तो छ कार्यसूची
काठमाडौँ, असोज ७ गते । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक बुधबार बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेका लागि तय भएको बैठकमा...
-
सामान्य यात्रु झैं जहाज चढेर अमेरिका गए बालेन, बिदाई गर्ने दुईजना मात्रै
काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह सामान्य यात्रु झैं जहाज चढेर अमेरिका प्रस्थान गरेका छन् । प्रम शाहलाई बिदाई गर्ने दुईजना...
-
एमाले अध्यक्ष ओलीको प्रतिवेदनप्रति नेताहरुको समर्थन, बुधबार सचिवालय बैठक
काठमाडाैं। नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफूले अध्यक्ष केपी शर्मा ओलीलाई पदबाट हटाउन नखोजेको र पुनर्गठनका लागि दिएको सुझावलाई गलत...
-
यूएन महासभामा सहभागी हुन आज न्यूयोर्क जाँदै प्रधानमन्त्री, जलवायु न्याय र हिमाली मुद्दा प्राथमिकतामा
काठमाडौं। प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसंघको महासभाको ८१औँ सत्रअन्तर्गतको ‘उच्चस्तरीय सप्ताह’ मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज मंगलबार अमेरिकाको न्युयोर्क...












