राप्रपाको राष्ट्रिय अध्यक्षमा डा. लोहनी
काठमाडौ,१२ माघ । चक्रिय प्रणालीका आधारमा नेतृत्वको ब्यवस्था गरेको राष्ट्रिय प्रजातन्त्र पार्टीको राष्ट्रिय अध्यक्षको कार्यभार आजबाट बरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनीले सम्हाल्दै हुनुहुन्छ । राप्रपा नेपालसँग गत मंसिर ६ गते एकीकरण गरेको तात्कालिन राप्रपाको नेतृत्वबीच भएको सहमतिका आधारमा दुई महिनापछि राष्ट्रिय अध्यक्षको जिम्मेवारी बरिष्ठ नेता लोहनीले सम्हाल्न लाग्नु भएको हो । राजधानीको धुम्बाराहीस्थित पार्टी केन्द्रिय कार्यालयमा अपरान्ह तीन बजे एक कार्यक्रमबीच राष्ट्रिय अध्यक्ष पशुपति शमसेर राणाले लोहनीलाई पद हस्तान्तरण गर्ने एकीकृत पार्टीका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो । पार्टी अध्यक्ष भने कमल थापा यथावत रहनु हुनेछ । लोहनीले आगामी फागुन ६ देखि ९ गतेसम्म काठमाडौंमा हुने एकीकृत महाधिवेशनसम्म पार्टीको राष्ट्रिय अध्यक्षको जिम्मेवारी सम्हाल्नु हुनेछ । पद हस्तान्तरण कार्यक्रम अघि पार्टीको कार्यसम्पादन समितिको बैठक बस्नेछ । दुई बजेपछि पाटी कार्यालयमा नै बस्ने बैठक भने महाधिवेशन तयारीबारे केन्द्रित हुनेछ । गाउँ र नगर अधिवेशन जारी राखेको राप्रपाले सोबारे समीक्षा गर्दै क्षेत्र र जिल्ला अधिवेशनबारे भावी रणनीति तय गर्नेछ । क्षेत्र र जिल्ला अधिवेशन फरक दिन एकै पटक गर्ने तयारी राप्रपाको छ ।
Comments
अरु समाचार
-
पशुपति क्षेत्र विकास र नेपाल एयरलाइन्समा भनेको नियुक्ति दिलाउने सर्तमा पर्यटन सचिव बने मुकुन्द निराैला
काठमाडाैं । सोमबारको मन्त्रिपरिषद् बैठकले सरुवा गरेका सचिव मुकुन्द प्रसाद निरौलाले प्रधानमन्त्री सुशीला कार्कीको स्वकिय सचिव आदर्श श्रेष्ठको काम फत्ते...
-
एमालेले एघारौं महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने !
काठमाडौं । नेकपा एमालेले काठमाडौंमा आगामी मंसिर २७ गतेबाट गर्न लागेको एघारौं राष्ट्रिय महाधिवेशनको उदघाटनसत्रमा १० हजार स्वयंसेवक परिचालन गर्ने...
-
रुसी राष्ट्रपति पुटिन दुई दिने राजकीय भ्रमणमा भारत आउँदै, यस्तो छ २८ घण्टे भ्रमण तालिका !
काठमाडौं । रूसका राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने भ्रमणका लागि आज भारत भ्रमणमा आउँदै छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार...
-
कुनै पनि दल ‘चोखो र जनउत्तरदायी’ छैनन् हामी कसैसँग गठबन्धन गर्दैनाैः हर्क साम्पाङ
काठमाडाैं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राई (साम्पाङ)ले आगामी चुनावमा आफ्नो दलले कुनै पनि राजनीतिक...
-
प्रतिनिधिसभा विघटन विरुद्धको रिटमा सुनुवाइका लागि पेसी तोकियो !
काठमाडौं । नेकपा एमालेले सर्वाेच्च अदालतमा दायर गरेको प्रतिनिधि सभा विघटन विरूद्धकाे रिटमा आज बुधबार संवैधानिक इजलासमा सुनुवाइ हुने भएको...
-
मुख्यमन्त्री नै अनुपस्थित भएपछि मधेश प्रदेशसभा दिउँसो २ बजेसम्मकाे लागि स्थगित !
काठमाडौं । मधेस प्रदेश सभाको बैठक दुई बजेसम्मका लागि स्थगित भएको छ। साढे १० बजे शुरू भएको बैठकमा सरकारका प्रतिनिधि...
-
मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति ओलीको असन्तुष्टि
काठमाडाैं । नेकपा एमालेका अध्यक्ष एवं निःवर्तमान प्रधानमन्त्री केपी ओलीले मधेस प्रदेशको सरकारसम्बन्धि सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गरेका छन्...
-
मधेस प्रदेशका मुख्यमन्त्रीलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश
काठमाडौं । सर्वोच्च अदालतले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई नेपालको संविधानअनुसार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ...
-
कांग्रेसको १५औं महाधिवेशन पुस २६-२८ मा गर्ने निर्णय !
काठमाडौं । नेपाली कांग्रेसले आगामी पुस २६ देखि २८ सम्म १५ औं महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेको छ । सानेपामा...












