स्थानीय तहको निर्वाचनपछि संविधान संशोधन : महामन्त्री कोइराला
चितवन, माघ १३ गते। नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले स्थानीय तहको निर्वाचनपछि मात्र संविधान संशोधन प्रस्तावको टुङ्गो लाग्ने बताउनुभएको छ ।
नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न ढिलाइ भएकाले संविधान संशोधन प्रस्तावमाथि नअल्मलिई यथाशक्य चाँडो निर्वाचनको मिति घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नु भयो ।
दलीय सहमति गरेर छिट्टै स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्नुपर्ने उहाँको भनाइ थियो । नयाँ संरचनामा निर्वाचन गर्दा समय लाग्ने भएकाले अहिलेकै अवस्थामा स्थानीय तहको निर्वाचन गर्नुपर्ने पनि महामन्त्री कोइरालाले बताउनुभयो । स्थानीय तह र प्रदेशको निर्वाचन गर्दा दुई÷तीन महिना समय रहने भन्दै उहाँले सोही समयमा संविधान संशोधन प्रस्तावको टुङ्गो लगाउनु पर्ने बताउनुभयो । राजनीतिक दृढता हुन सके मात्र आउँदो माघ ७ गतेभित्र तीन तहको निर्वाचन गर्न सकिने भन्दै उहाँले समय थप गर्न नहुने उल्लेख गर्नु भयो ।
नेपाली काँग्रेससँग भएको सहमतिअनुरुप प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार स्थानीय तहको निर्वाचनसम्म रहने महामन्त्री कोइरालाले बताउनुभयो
Comments
अरु समाचार
-
चलचित्र पत्रकार दिनेश सिटौलाको उपचारका क्रममा निधन
काठमाडौं । चलचित्र पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष दिनेश सिटौलाको उपचारका क्रममा निधन भएको छ । उनकाे ग्राण्डी अस्पतालमा आज...
-
निर्वाचन ३२ दिन बाँकी : पन्ध्र जिल्लाको १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ...
-
माघ १७ गते राजा महेन्द्रको अपत्यारिलो अवसान भएको दिन !
२०२८ सालको माघ ३ गते साधारण अवस्थाका राजा महेन्द्र भरतपुरका लागि निस्किएका थिए । यो भ्रमण करिव एक महिनाको लागि...
-
निर्वाचन ३३ दिन बाँकी : आचारसंहिता पालना गराउन आयोग सक्रिय, २१ स्पष्टीकरण सोधियो
काठमाडौं । निर्वाचन आयोगले आचारसंहिता उल्लघंनलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा...
-
खगेन्द्र सुनारको अभिव्यक्तिविरुद्ध राजावादी समूहले शुक्रबार प्रदर्शन गर्दै
काठमाडौं । राष्ट्रिय जनावर गाई काटेर खान पाउनु पर्छ भन्ने अभिव्यक्ति दिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेता खगेन्द्र सुनारलाई पक्राउ गरी...
-
Nepali Consul General Niraula and Yunnan Normal University Professor Lu Hold Meeting
Lhasa, Magh 15 — A meeting was held on Thursday at the Consulate General office in Lhasa between Nepali Consul...
-
नेपाली महावाणिज्यदूत निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु बीच भेटघाट
ल्हासा । नेपाली महावाणिज्यदूतावास ल्हासाका महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौला र युनान नर्मल युनिभर्सिटीका प्राध्यापक लु सुआङमेई बीच बिहिबार महावाणिज्यदूतावास कार्यालयमा भेटघाट...
-
‘निर्वाचनका लागि भयमुक्त वातावरण सरकारको उच्च प्राथमिकता’
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले निर्वाचन सुरक्षा मजबुत बनाई भयमुक्त वातावरण निर्माण गर्ने कार्यलाई उच्च प्राथमिकता दिई काम गरिरहेको...
-
अख्तियारले किन नियन्त्रणमा लियो यातायात प्रमुखसहित २७ जनाको मोबाइल ?
काठमाडौँ। यातायात व्यवस्था कार्यालय चाबहिलका कार्यालय प्रमुखसहित २७ जनाको मोबाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । सवारी लाइसेन्स...











