पेसागत महासंघ नेपालको प्रथम भेला सम्पन्न
काठमाडौं । सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१/२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीको पहिलो वैठक प्रदेश प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल समेतको उपस्थितिमा वसेको थियो । उक्त वैठकमा तेह्रवटै जिल्लाका ईञ्चार्ज तथा अध्यक्षहरुले जिल्लामा भएका पेशागत गतिविधिहरुको रिपोर्टिङ्ग गर्नुभएको थियो । वैठकले प्रदेश अधिवेसन लगायत विभिन्न विषयमा निर्णयहरु गरेको छ । जो निम्न अनुसार रहेको छ ।
१ प्रदेश नं. ३ को प्रथम अधिवेसन आगामी २०७३ जेष्ठ महिना भित्र सम्पन्न गर्ने ।
२ जिल्ला अधिवेसन गर्ने अवधि पुगेका अथवा पदाधिकारी रिक्त रहेका जिल्लाहरुको अधिवेसन र तत्काल अधिवेसन गर्न नपर्ने जिल्लाहरुमा जिल्ला परिषद प्रशिक्षणमुलक ढंगले २०७३ चैत्र मसान्त सम्म सम्पन्न गरिसक्ने । सोको तयारीको लागि दुई हप्ता भित्र सवै जिल्ला कार्य समितिहरुको वैठक अनिवार्य रुपमा राख्न निर्देशन दिने । प्रदेश अधिवेसनको लागि विधानले तोके वमोजिम प्रतिनिधिको छनौट जिल्ला अधिवेसन वा जिल्ला परिषदवाट हुनेछ ।
३ प्रदेश कमिटीको कार्यालय हाललाई महासंघ केन्द्रीय कार्यालय लैनचौरमा खडा गर्ने । सवै जिल्लामा महासंघको झण्डा सहितको साइनवोर्ड राखी कार्यालय स्थापना गर्ने ।
४ महिला सक्रियता वृद्धि गर्नका लागि निम्न वमोजिम गर्ने :
(क) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आगामी फल्गुण २५ र २६ गते पेशागत महासंघ नेपालको दोश्रो राष्ट्रिय महिला सम्मेलनमा प्रत्येक जिल्लावाट १÷१ जना महिला प्रतिनिधि सहभागी गराउने ।
(ख) सवै जिल्लामा महिला विभाग गठन गर्ने ।
५ सवै तहमा महासंघको आर्थिक कोषलाई सुदृढ वनाउन महासंघवाट संचालित कोनेप उपहार अभियानलाई सवै जिल्लामा प्रभावकारी रुपमा संचालन गर्ने ।
६ सवै जिल्लामा नयां घटक निर्माण गरी महासंघमा आवद्ध गराउने ।
७ यस ३ नं. प्रदेश कमिटीको सचिव पदमा सिन्धुलीका जिल्ला अध्यक्ष टोम प्रसाद काफ्ले लाई मनोनित गर्ने ।
साथै भेलाका सहभागीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । समाजवादी अर्थतन्त्र, आर्थिक समृद्धि र ट्रेड युनियनको भूमिका विषयमा डा. विजय पौडेलले, पार्टी र जनसंगठन विचको अन्तर्सम्बन्ध विषयमा विश्वनाथ प्याकुरेलले, विश्व ट्रेडयुनियन आन्दोलन र विश्व ट्रेड युनियन महासंघको १७ औं कंग्रेशका सम्बन्धमा प्रेमलकुमार खनालले र महासंघको छैठौं राष्ट्रिय महाधिवेसन र आगामी कार्य दिशाका सम्बन्धमा महासंघका महासचिव विष्णु लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।
Comments
अरु समाचार
-
हेटौँडामा महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी
काठमाडाैं । हेटौँडा उपमहानगरपालिका–८ स्थित औद्योगिक क्षेत्रभित्र रहेको महाशक्ति साबुन उद्योगको गोदाममा आगलागी भएको छ। साबुन उद्योग नजिकै तयार गरिएको...
-
हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडाैं । रुकुम पूर्वमा हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । हिमपातका कारण लोकमार्गको लुकुम–पातिहाल्ना खण्ड अवरुद्ध भएको जिल्ला...
-
उधारो राष्ट्रपति पदको लोभमा बाबुराम ब्याक, सुशीलादेखि सुदन र प्रचण्डसंग के भयो ?
काठमाडौं । गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। स्रोतका अनुसार राष्ट्रिय स्वतन्त्र...
-
डकेन्द्रसिंह थेगिमद्वारा उज्यालो नेपाल पार्टी परित्याग
काठमाडौं । पहिचानवादी नेता तथा उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य डकेन्द्रसिंह थेगिमले पार्टी परित्याग गरेका छन्। उनीसँगै केन्द्रीय सदस्य ज्ञानबहादुर...
-
झापा–५ मा मनोनयन दर्ता: बालेनले ओलीभन्दा पहिले उम्मेदवारी दर्ता गर्ने !
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाह प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्न झापा–५ पुगेका छन्...
-
काठमाडौं महानगर प्रहरी बलको प्रमुखमा विष्णु जोशी
काठमाडौं । काठमाडौं महानगरपालिका महानगर प्रहरी बलका प्रमुखमा एसपी विष्णुप्रसाद जोशीले पदभार ग्रहण गरेका छन्। यसअघिका प्रहरी प्रमुख एसएसपी राजुनाथ...
-
निकेश राई’जागिरमान–सुभाषी राई’ सांस्कृतिक पुरस्कारद्वारा सम्मानित
काठमाडौं । किरातीहरूको नयाँ यले सम्बत ५०८६ को अवसरमा किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिद्वारा आयोजित यलम्बर स्मृति पुरस्कार वितरण तथा...
-
अधिवक्ता मञ्जु मिश्र कैलाली–३ बाट स्वतन्त्र उम्मेदवार
धनगढी । युवा कानुन व्यवसायी अधिवक्ता मञ्जु मिश्र आगामी प्रतिनिधिसभा निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट स्वतन्त्र उम्मेदवारका रूपमा...
-
‘कुखराको मासुमा एन्टिबायोटिक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकता’
काठमाडौं (केशव भट्टराई)। 'कुखराको मासुमा एन्टिबायोटिकको हानिकारक प्रयोगको नियन्त्रण र अण्डामा लेबलिङको आवश्यकतासम्बन्धी' एक छलफल कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ...











