पेसागत महासंघ नेपालको प्रथम भेला सम्पन्न
काठमाडौं । सार्वजनिक क्षेत्रमा काम गर्ने पेशाकर्मीहरुको छाता संगठन पेशागत महासंघ नेपालको प्रदेश नं. ३ को प्रथम भेला २०७३ माघ २१/२२ मा काठमाडौंमा सम्पन्न भएको छ । नेकपा एमाले केन्द्रीय कमिटीका उपमहासचिव घनश्याम भुसालले २०७३ माघ २१ गते भेलाको उद्घाटन गर्नुभएको थियो ।
उद्घाटन पश्चात महासंघको ३ नं. संगठन कमिटीको पहिलो वैठक प्रदेश प्रमुख कृष्णमान श्रेष्ठको अध्यक्षतामा महासंघका अध्यक्ष विश्वनाथ प्याकुरेल समेतको उपस्थितिमा वसेको थियो । उक्त वैठकमा तेह्रवटै जिल्लाका ईञ्चार्ज तथा अध्यक्षहरुले जिल्लामा भएका पेशागत गतिविधिहरुको रिपोर्टिङ्ग गर्नुभएको थियो । वैठकले प्रदेश अधिवेसन लगायत विभिन्न विषयमा निर्णयहरु गरेको छ । जो निम्न अनुसार रहेको छ ।
१ प्रदेश नं. ३ को प्रथम अधिवेसन आगामी २०७३ जेष्ठ महिना भित्र सम्पन्न गर्ने ।
२ जिल्ला अधिवेसन गर्ने अवधि पुगेका अथवा पदाधिकारी रिक्त रहेका जिल्लाहरुको अधिवेसन र तत्काल अधिवेसन गर्न नपर्ने जिल्लाहरुमा जिल्ला परिषद प्रशिक्षणमुलक ढंगले २०७३ चैत्र मसान्त सम्म सम्पन्न गरिसक्ने । सोको तयारीको लागि दुई हप्ता भित्र सवै जिल्ला कार्य समितिहरुको वैठक अनिवार्य रुपमा राख्न निर्देशन दिने । प्रदेश अधिवेसनको लागि विधानले तोके वमोजिम प्रतिनिधिको छनौट जिल्ला अधिवेसन वा जिल्ला परिषदवाट हुनेछ ।
३ प्रदेश कमिटीको कार्यालय हाललाई महासंघ केन्द्रीय कार्यालय लैनचौरमा खडा गर्ने । सवै जिल्लामा महासंघको झण्डा सहितको साइनवोर्ड राखी कार्यालय स्थापना गर्ने ।
४ महिला सक्रियता वृद्धि गर्नका लागि निम्न वमोजिम गर्ने :
(क) अन्तर्राष्ट्रिय श्रमिक महिला दिवशको अवसरमा आगामी फल्गुण २५ र २६ गते पेशागत महासंघ नेपालको दोश्रो राष्ट्रिय महिला सम्मेलनमा प्रत्येक जिल्लावाट १÷१ जना महिला प्रतिनिधि सहभागी गराउने ।
(ख) सवै जिल्लामा महिला विभाग गठन गर्ने ।
५ सवै तहमा महासंघको आर्थिक कोषलाई सुदृढ वनाउन महासंघवाट संचालित कोनेप उपहार अभियानलाई सवै जिल्लामा प्रभावकारी रुपमा संचालन गर्ने ।
६ सवै जिल्लामा नयां घटक निर्माण गरी महासंघमा आवद्ध गराउने ।
७ यस ३ नं. प्रदेश कमिटीको सचिव पदमा सिन्धुलीका जिल्ला अध्यक्ष टोम प्रसाद काफ्ले लाई मनोनित गर्ने ।
साथै भेलाका सहभागीहरुलाई विभिन्न विषयमा प्रशिक्षण दिइएको थियो । समाजवादी अर्थतन्त्र, आर्थिक समृद्धि र ट्रेड युनियनको भूमिका विषयमा डा. विजय पौडेलले, पार्टी र जनसंगठन विचको अन्तर्सम्बन्ध विषयमा विश्वनाथ प्याकुरेलले, विश्व ट्रेडयुनियन आन्दोलन र विश्व ट्रेड युनियन महासंघको १७ औं कंग्रेशका सम्बन्धमा प्रेमलकुमार खनालले र महासंघको छैठौं राष्ट्रिय महाधिवेसन र आगामी कार्य दिशाका सम्बन्धमा महासंघका महासचिव विष्णु लामिछानेले प्रशिक्षण दिनुभएको थियो ।
Comments
अरु समाचार
-
जानकी नवमीमा राष्ट्रिय बिदा दिन शाह नेतृत्वको सरकारसँग साधुसन्तको आग्रह
जनकपुरधाम । जनकपुरधामका साधुसन्तहरुले 'जानकी नवमी' को दिन राष्ट्रिय बिदा दिन बालेन्द्र शाह नेतृत्वको नवगठित सरकारसँग आग्रह गरेका छन् ।...
-
यी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसका...
-
आजको मौसम : वर्षा, चट्याङ तथा हिमपातका कारण हुनसक्ने जोखिमप्रति सतर्कता अपनाउनू
काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली...
-
सन् २०२६ का लागि चीनकाे आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ । चीनले सन् २०२६ का लागि आर्थिक वृद्धिदर ४.५-५ प्रतिशत हुने प्रक्षेपण गरेको छ । सन् १९९१ पछिको सबैभन्दा...
-
आकर्षक पर्यटकीय गन्तव्य बन्दै भोजपुरको च्याङ्ग्रे पोखरी
भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिकामा रहेको च्याङ्ग्रे पोखरी पर्यटकको आकर्षक गन्तव्य बनेको छ । पोखरीको संरक्षणसँगै यहाँ पानीबोट सञ्चालनपछि यो...
-
लायन्स क्लब अफ गछियाको पदस्थापन कार्यक्रम सम्पन्न, पत्रकार शिव भट्टराई भोजपुरे सम्मानित
गछिया मोरङ । मोरङको सुन्दरहरैंचास्थित लायन्स क्लब अफ गछियाको २०२५र २६ कार्यकालको पदस्थापन तथा पदभार हस्तान्तरण कार्यक्रम सफलतापूवर्क सम्पन्न भएको...
-
उच्च पहाडी तथा हिमाली भेगका एक/दुई ठाउँमा हिमपातको सम्भावना
काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका पहाडी तथा हिमाली क्षेत्रमा मौसम बदली भएको छ । आज बागमतीसहित कोशी र गण्डकी प्रदेशको...
-
देशमा पश्चिमी वायुको आंशिक प्रभाव, केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको तथा तराईका केही स्थानमा तुवाँलो लागेको जल तथा मौसम विज्ञान विभागले...
-
एमाले संखुवासभा–काठमाडौं सम्पर्क कमिटीद्वारा १०५ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन !
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) संखुवासभा–काठमाडौं सम्पर्क कमिटीले आगामी निर्वाचनलाई केन्द्रमा राख्दै १०५ सदस्यीय परिचालन कमिटी गठन गरेको छ।...












