जलवायु नाप्ने अन्मा मिटर (यन्त्र) बिग्रँदा मौसम परिवर्तनबारे जानकारी नै हुँदैन
डडेल्धुरा २३ माघ । तापक्रम तथा मौसमका बारेमा सूचित गर्ने अन्मा मिटर(यन्त्र) बिग्रँदा जलवायु परिवर्तनसम्बन्धी जानकारीवारे डडेल्धुरावासी अनभिज्ञ छन् ।
हावापानी फिल्ड कार्यालय डडेल्धुरामा रहेका सो अन्मा मिटर विगत एक वर्षदेखि बिग्रिएका छन् । जलवायु नाप्ने वा त्यसका बारेमा सूचना दिने अन्मा मिट मर्मत हुन नसक्दा विपद् एवम् मौसमको पूर्वानुमानको सूचना सर्बसाधारणलाई दिन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराले जनाएको छ ।
विपद्को उच्च जोखिम मानिएको यो जिल्लामा हावापानी तथा जलवायु पविर्तनसम्बन्धी पूर्वजानकारी गराउने अन्मा मिटर खराब भएको एक वर्षसम्म मर्मत हुन नसक्दा समस्या उत्पन्न हुन सक्ने महेन्द्र माविका शिक्षक अशोक बमले बताउनुभयो ।
हुरीबतासको मौसम आउनै लाग्दा पूर्वजानकारी गराउन सक्ने अन्मा मिटर खराबका कारण पूर्वानुमान गर्न नसकिने कार्यालयले जनाएको छ । हावापानीसँगै तापक्रम मापनमा सहयोग पु¥याउने अन्मा मिटर बिग्रँदा डडेल्धुराको तापमान पनि यकिन गर्न कार्यालयलाई समस्या हुने गरेको फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत श्याम सुनारले बताउनुभयो ।
बिग्रेको एक वर्षसम्म अन्मा मिटर बन्न नसक्दा सबैभन्दा बढी असर जलवायु परिवर्तनको प्रभाव मापन हुन नसकेको हावापानी फिल्ड कार्यालय डडेल्धुराका निमित्त अधिकृत सुनारले बताउनुभयो ।
मिटर बिग्रेको सम्बन्धित निकायमा परिपत्र गरेको एक वर्षसम्म बजेटको अभाव देखाई बन्न सकेको छैन, निमित्त अधिकृत सुनारले भन्नुभयो — मिटर मर्मतका लागि करिब रु दुई लाखसम्म खर्च लाग्ने अनुमान छ भने नयाँ खरिद गर्न करिब रु पाँच लाखसम्म खर्च लाग्न सक्छ । रासस
Comments
अरु समाचार
-
आजको मौसमः आज कोशी, बागमती र गण्डकीका केही स्थानमा भारी वर्षा हुने
काठमाडौं । आज पनि देशभर मौसम सामान्यतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोशी प्रदेशका पहाडी...
-
नेशनल प्याब्सन कोशीद्वारा पत्रकार शिव भट्टराई भोजपुरेलाई ‘विशिष्ट शैक्षिक पत्रकारिता सम्मान
विराटनगर । शिक्षा क्षेत्रका सकारात्मक गतिविधि, उपलब्धि, प्रतिभा तथा नवीन अभ्यासलाई सत्य, तथ्य र निष्पक्षताका साथ सञ्चारमाध्यममार्फत समाजसमक्ष पुर्याउँदै शैक्षिक...
-
आज देशका केही ठाउँमा हुनेछ भारी वर्षा
काठमाडौँ – सोमबार देशका केही ठाउँमा भारी वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी...
-
ज देशभर वर्षाको सम्भावना, कोसी–वाग्मतीका केही स्थानमा धेरै भारी वर्षाको चेतावनी
काठमाडौं । देशका केही भूभागमा आज वर्षाको सम्भावना रहेको छ । एकदुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको पूर्वानुमान...
-
देशभर मनसुनी वर्षा सक्रिय, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम...
-
चार प्रदेशमा भारी वर्षाको सम्भावना, बाढी–पहिरोको जोखिम
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा...
-
यी प्रदेशमा भारी वर्षाको सम्भावना, सचेत रहन आग्रह
काठमाडौँ। देशभर मनसुनी वायु सक्रिय रहँदा मंगलबार कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल...
-
मनसुनी वायुको प्रभाव कायम, विभिन्न प्रदेशमा वर्षा
काठमाडौँ, असार २० गते । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले शनिबार पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा...
-
‘पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप’
काठमाडौं । नेपाल पत्रकार महासंघ, उपत्यका प्रदेशले पत्रकार विनोद ढकालको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप र पत्रकारिता क्षेत्रमै आतंक...












