सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा परेका छन् । १६ बर्षीय सन्दीप विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका हुन्।
क्रिकेटसम्बन्धी अनलाइन ‘अल आउट क्रिकेट’ले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको ३० नम्बर सूचीमा राखेको छ।
विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको हो।
प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्।
अलआउटले उनको विवरण आफ्नो वेवसाइटमा राख्दै सन्दीप आगामी यारिस शाह भएकोसमेत उल्लेख गरेको छ।
लेग स्पिन बलिङ गर्ने सन्दीपसँग धेरै ट्रिक्स भएको पनि साइटमा उल्लेख छ। उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने २२ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो।
अष्ट्रेलियन लेजेण्ड स्पिनर शेन वार्नलाई आफ्नो आदर्श मान्ने सन्दीपलाई अर्का अष्ट्रेलियन खेलाडी माइकल क्लार्कलाई प्रभावित गर्न सफल भए। अनी उनै वान डे वर्ल्ड कप विनिङ कप्तानको निमन्त्रणमा अष्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बबाट खेले, क्लार्क एकेडेमीमा प्रशिक्षण लिए। ‘सन्दीपसँग प्रतिभा छ, यसमा कुनै शंका छैन’ क्लार्कको भनाई उल्लेख गर्दै अलआउट क्रिकेटले लेखेको छ।
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












