सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा
काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने विश्वका उत्कृष्ट क्रिकेटरको सूचीमा परेका छन् । १६ बर्षीय सन्दीप विश्वका उत्कृष्ट ३० युवा क्रिकेटरको सूचीमा परेका हुन्।
क्रिकेटसम्बन्धी अनलाइन ‘अल आउट क्रिकेट’ले सन्दीपलाई विश्वका ३० उत्कृष्ट क्रिकेटरको ३० नम्बर सूचीमा राखेको छ।
विश्वका क्रिकेट सम्बन्धी लेखकको मतका आधारमा उक्त अनलाइनले उत्कृष्ट क्रिकेटरको सूची सार्वजनिक गरेको हो।
प्रसिद्ध बेलायती क्रिकेट म्यागजिन अलआउट क्रिकेटले तयार पारेको विश्वभरका उत्कृष्ट युवा खेलाडीहरुको सूचीमा नेपालका सन्दीप पनि परेका हुन्।
अलआउटले उनको विवरण आफ्नो वेवसाइटमा राख्दै सन्दीप आगामी यारिस शाह भएकोसमेत उल्लेख गरेको छ।
लेग स्पिन बलिङ गर्ने सन्दीपसँग धेरै ट्रिक्स भएको पनि साइटमा उल्लेख छ। उसले विश्व क्रिकेटमा आफ्नो नाम चिनाइसकेका र प्रभाव पार्न सक्ने २२ वर्ष भन्दा कम उमेरका खेलाडीहरुको सूची तयार पारेको हो।
अष्ट्रेलियन लेजेण्ड स्पिनर शेन वार्नलाई आफ्नो आदर्श मान्ने सन्दीपलाई अर्का अष्ट्रेलियन खेलाडी माइकल क्लार्कलाई प्रभावित गर्न सफल भए। अनी उनै वान डे वर्ल्ड कप विनिङ कप्तानको निमन्त्रणमा अष्ट्रेलियाको प्रिमियर ग्रेड क्रिकेट क्लब वेस्टर्न सबर्बबाट खेले, क्लार्क एकेडेमीमा प्रशिक्षण लिए। ‘सन्दीपसँग प्रतिभा छ, यसमा कुनै शंका छैन’ क्लार्कको भनाई उल्लेख गर्दै अलआउट क्रिकेटले लेखेको छ।
Comments
अरु समाचार
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई हराउँदै चीन च्याम्पियन
काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा...
-
दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश
कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...