को हुन् नयाँ आइजीपी चन्द ?
काठमाडौं । नेपाल प्रहरीका २५ औं महानिरीक्षक ‘आइजीपी’ बनेका जयबहादुर चन्द बैतडीमा जन्मेका हुन् ।
२०२४ भदौं २५ मा जन्मेका उनी नेपाल प्रहरीमा २०४४ चैत २९ मा प्रहरी निरीक्षक पदमा भर्ना भए । हालसम्म कुनै पनि कारवाही नभोगेका उनले महेन्द्र प्रहरी पदक पाउन सफल भएका छन् ।
नेपाल प्रहरीमा यस पदकद्वारा विभूषित हुने एकमात्र प्रहरी अधिकृत र बहादुरीको लागि प्रदान गरिने यस पदकलाई प्रहरी रत्नभन्दा पनि माथिको वा सबैभन्दा ठुलो अलंकार मानिन्छ ।
प्रहरी प्रधान कार्यालयका अनुसार धेरै जिल्लाको इन्चार्जको रुपमा खटिएको र उत्कृष्ट कार्य सम्पादनको कारण प्राय सबैमा पुरस्कृत भएका छन् । सरकार र नेपाल प्रहरी संगठनले निर्दिष्ट परिधिमा रहि नेपाल प्रहरीको ईतिहासमानै धेरै कुख्यात अपराधिहरुको ईन्काउन्टर गर्न सफल भई भयमुक्त समाजको निमार्णमा महत्वपूर्ण योगदान दिएको भन्दै उनको चर्चा हुने गरेको छ ।
उनले तराईका पर्सा,रौतहट,कपिलवस्तु र बुटवल जस्ता सम्बेदनशील जिल्लाको कमान्ड सफलतापूर्वक सम्हालिसकेका छन् भने काठमाडौं जिल्लाको प्रमुखको रुपमा प्रथम वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी र अपराध ५३ प्रतिशतले घटाएर इतिहास कायम गर्न सफल भएका थिए ।
उनले जनतामुखी वस्ती भेटघाट कार्यक्रमको ल्याएका थिए । जुन कार्यक्रमलाई विरगंज,काठमाडौं र सुदुर पश्चिममा ब्यापक बनाइएको छ । महाभुकम्पको समयमा काठमाडौं उपत्यकाको निमित्त इन्चार्जको रुपमा कार्यरत रहि विपदको उचित व्यवस्थापनमा उल्लेखनिय भूमिका निर्वाह गरेका थिए ।
महाभुकम्पकका वेला पानी, सवारीसाधन, ढुवानि ब्यवस्थापन, राहत ब्यवस्थापन लगायत महत्वपुर्ण कार्यहरुमा सक्रियताका साथ संलग्न भई कालोबजार नियन्त्रणमा महत्वपुर्ण योगदान दिएका थिए । ट्राफिक प्रहरीले दैनिक भोग्नुपरेको कठिनाईहरुलाई आम जनतालाई महशुस गराउन आफ्नै रचनामा सेतो टोपी नामक गिति एल्वम निकालेका छन् ।
उनले आरएसीको गठन गरेका छन् । संगठित अपराध, जघन्य अपराध, उच्च प्राथमिकताका आर्थिक अपराध एंव वित्तिय अपराध, सिमावर्ति क्षेत्रमा हुने चोरी निकासी पैठारी जस्ता अपराध नियन्त्रण गर्न क्षेत्रीय स्तरमा एउटा “ क्षेत्रीय अपराध अनुसन्धान एंव नियन्त्रण र सुचना संकलन टिमको ” ‘क्षेत्रीय टिम’ गठन गरे । यो टिमले निकै सह्रानिय कार्य सम्पन गरेको र प्रहरीको छवी नै उज्वल बनाउने गरी कार्य गरेवाट अदालतवाट टिम कमाण्डर लगायत क्षेत्रीय प्रमुखलाई पुरस्कृत गरिएको थियो ।
महानगरीय ट्रफिक प्रहरी महाशाखाको प्रमुखको रुपमा सार्बजनिक यातायातलाई व्यबस्थित, मर्यादित र सहज बनाउन तथा प्रहरी, चालक, सह–चालक र यात्रुमैत्री बनाउन ‘जिब्रोको गरिमा मिठो बोलीमा’ भन्ने कार्यक्रम मार्फत प्रशिक्षण कार्यक्रम शुरु गरिएको र स्टिकर बनाई सार्वजनिक बसहरुमा टाँस्ने अभियान सुरु गरिएको छ ।
उनले नेपाल प्रहरीको ईतिहासमै धेरै मात्रामा कोकिन ‘करिब १४ केजी’ समात्न सफल भएका थिए । लागुऔषध नियन्त्रण ब्युरो प्रमुख हुँदा एम्फेटामाइन ३०२ ग्राम पहिलो पटक नेपालमा बरामद गरेका थिए । व्यापारिक घराना संघाइ ग्रुपले गर्दै आएको अवैध औषधिको कारोबार बन्द गराए ।
एम्फेटामाईन कारोबारी धर्म पाख्रिन तामाङ्गद्वारा आफ्नो केश मिलाउन घुस दिएको पचास लाख रुपैयाँ उनले ईमान्दारीपूर्वक सार्वजनिक गरे । उनले दुर्गम सेवा पदक, प्रशिद्ध सेवा पदक, दैवी प्रकोप उद्धार सेवा पदक, यू। एन। सेवा पदकसमेत दर्जनबढी मानपद्वी पाएका छन् । यस्तै उनले प्रहरीका दर्जनबढी तालिम सफलतापूर्वक लिएका छन् ।
यो पनि पढ्नुस् ,
http://news-nepal.com/%E0%A4%9A%E0%A4%A8%E0%A5%8D%E0%A4%A6-%E0%A4%B0-%E0%A4%B6%E0%A5%8D%E0%A4%B0%E0%A5%87%E0%A4%B7%E0%A5%8D%E0%A4%A0-%E0%A4%86%E0%A4%87%E0%A4%9C%E0%A5%80%E0%A4%AA%E0%A5%80/
Comments
अरु समाचार
-
चिनियाँ जनताको जापानी आक्रमणविरुद्दको युद्ध विजय र विश्व फासिष्टविरुद्दको युद्ध विजयको ८० औं वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ ?
चिनियाँ राष्ट्रपति सी चिन् फीङ्ले भन्नु भएको छ, इतिहास भनेको एउटा ऐना हो , जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ।...
-
राष्ट्रपति सी चिनपिङसँग नजिकका दुई दिन
नेपाल सरकारले मलाई सन् २०२४ को अगष्ट २९ का दिन ल्हासाका लागि महावाणिज्यदूतका रुपमा नियुक्त गरेपछि ममा एक प्रकारको खुशी...
-
‘कानुन निर्माणमा संसद् सकारात्मक र दृढताका साथ लागेको छ’ : सुहाङ
काठमाडाैं । बुबा सुवासचन्द्र र आमा विशाल नेम्वाङका कान्छा छोरा सुहाङको जन्म विसं २०४६ फागुन ६ गते काठमाडौँमा भएको हो...
-
डा. टेकबहादुर घिमिरे: अब्बल सरकारी वकिलदेखि अनुसन्धान र प्रविधिका ज्ञातासम्म
काठमाडाैं । सरकारी सेवा तथा रोजगारीमा धेरै आउँछन्-जान्छन्। सप्तकोशी नदीमा आज भएको पानी भोलि त्यहाँ रहँदैन, त्यो बगेर जान्छ। यो...
-
‘संवैधानिक निकायमा हस्तक्षेपको प्रवृति लोकतन्त्रमाथिको प्रहार’
सागर पण्डित (विचार): सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रको मेरुदण्डका रुपमा रहेका संवैधानिक निकायहरु– अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन...
-
‘गणतन्त्रको रक्षा गर्नु संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र होइन समाजवाद उन्मुख समावेशीताको रक्षा गर्नु हो’
काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायण काजी श्रेष्ठले गणतन्त्रको रक्षा गर्नु भनेको संघीय लोकतान्त्रिक गणतन्त्रको मात्र नभएर समाजवाद...
-
मृत्युनजिक पुगेको मानिसले कस्तो अनुभव गर्छ ?
काठमाडौं । मृत्यु जीवनको अन्त्य हो, यसको बारेमा हाम्रो ज्ञान धेरै सीमित छ। जब स्नायु प्रणालीको अध्ययन गर्ने वैज्ञानिक जिमो...
-
नेपाल बारको आसन्न निर्वाचन र डीएलए नेतृत्व !
विषय प्रवेश: बहुदलीय व्यवस्थाको प्रार्दुभावसँगै प्रजातन्त्रवादी कानून व्यावसायीहरुको समूहले गठन गरेको संस्था हो, डीएलए नेपाल। हाल यसको नेतृत्व सिताराम के.सी.जी...
-
अनुहारमा होइन विचारमा सुन्दरताको खोजी
काठमाडौं । जङ्गबहादुरको बेलायत यात्रा वृत्तान्तमा उमेरदार युरोपेली नारीहरुको सौन्दर्यको थोरै बयान गरिएको पढ्न पाइन्छ । त्यस यात्रा वृत्तान्तमा युरोपेली...












