धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना
कैलाली । क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ ।
क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको हो ।
कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताउनुभएको छ ।
क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षण ल्याएर प्रशिक्षण गराइने प्रशिक्षक केसीले जानकारी दिनुभएको छ । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको क्रिकेटर केसीको भनाइ छ ।
लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका केसीले तीन वर्ष विदेशमा पनि बिताउनुभएको हो । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्न नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
‘२० औँ एसियाली खेलकुद’ को औपचारिक उद्घाटन आज हुँदै
काठमाण्डौ । आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ । जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन...
-
एसिसी प्रिमियर कप : हङकङविरुद्ध बलिङ गर्दै नेपाल
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा हङकङले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुमा बलिङ गर्दैछ ।...
-
एसिसी प्रिमियर कपमा आज नेपाल र साउदी अरेबियाको भिडन्त
काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दैछ । आइतबार...
-
टप एन्ड टी–२० सिरिज : एसिटीविरुद्ध नेपाल ‘ए’ निर्णायक खेलमा
डार्विन । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग प्रतिस्पर्धा गर्दैछ।...
-
विश्वकप २०२६: फ्रान्सलाई २–० ले हराउँदै स्पेन १६ वर्षपछि फाइनलमा
काठमाडौँ। बलियो प्रतिद्वन्द्वी फ्रान्सलाई स्तब्ध बनाउँदै स्पेन फिफा विश्वकप–२०२६ को फाइनलमा प्रवेश गरेको छ । अमेरिकाको डालास स्टेडियममा बुधबार बिहान...
-
विश्वकपमा एम्बापेको अर्को कीर्तिमान, गोल्डेन बुट दौडमा शीर्ष स्थान कायम
न्युयोर्क । फ्रान्सका स्टार फरवार्ड किलियन एम्बापेले मोरक्कोविरुद्ध गोल गर्दै विश्वकप फुटबलमा आफ्नो कुल गोल सङ्ख्या २० पुर्याएका छन्। केवल...
-
विश्वकप २०२६: फ्रान्स सेमिफाइनलमा, मोरक्को २–० ले पराजित
काठमाडौं । कप्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको उत्कृष्ट प्रदर्शनमा फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा पुगेको छ। शुक्रबार अमेरिकाको...
-
देशभर मनसुनी वायुको प्रभाव: भारी वर्षाको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भूभागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी...
-
इजिप्टविरुद्ध अर्जेन्टिनाको शानदार जित, क्वाटरफाइनलमा प्रवेश
काठमाडौं । अमेरिका, मेक्सिको र क्यानडामा जारी फिफा विश्वकप फुटबलअन्तर्गत अर्जेन्टिनाले अन्तिम १६ को खेलमा इजिप्टविरुद्ध शानदार पुनरागमन गर्दै क्वार्टरफाइनलमा...












