धनगढीमा स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र स्थापना

कैलाली । क्रिकेटको सहर धनगढी क्रिकेटमय बन्दै गएका बेला प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र, धनगढीमा आइतबारबाट औपचारिक रुपमा उद्घाटन भएको छ ।
क्रिकेटको सहर धनगढीमा क्रिकेट गतिविधिहरु बढिरहेका बेला प्रशिक्षण गर्नका लागि झन्डै रु आठ लाखको लगानीमा स्पार्क क्रिकेट एकेडेमी स्थापना भएको हो । निजी क्षेत्रबाट धनगढी क्रिकेट एकेडेमीले कलिला क्रिकेटर खेलाडीलाई प्रशिक्षण गराउँदै आएकामा क्रिकेटर पदम केसीले धनगढीमा अर्को सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण केन्द्रको स्थापना गर्नुभएको हो ।
कैलाली जिल्ला क्रिकेट सङ्घले पनि धनगढीको कभर्डहलमा प्रशिक्षण दिँदै आएको छ । नयाँ नयाँ प्रविधि र सुविधासहित खेलाडीलाई प्रशिक्षण दिनका लागि स्पार्क क्रिकेट प्रशिक्षण केन्द्र सञ्चालनमा ल्याएको क्रिकेटर पदम केसीले बताउनुभएको छ ।
क्रिकेट खेलमा जुनियर खेलाडीलाई प्रशिक्षण दिने मुख्य उद्देश्यका साथ स्थापना गरिएको प्रशिक्षण केन्द्रमा अहिले स्वयम् केसीले प्रशिक्षण दिनेछन् भने केही समयपछि भारतबाट प्रशिक्षण ल्याएर प्रशिक्षण गराइने प्रशिक्षक केसीले जानकारी दिनुभएको छ । क्रिकेटलाई व्यावसायिक बनाउने लक्ष्य लिएको क्रिकेट प्रशिक्षण केन्द्रले युवा खेलाडी जन्माउन प्रशिक्षण केन्द्र स्थापना गरिएको क्रिकेटर केसीको भनाइ छ ।
लामो समयसम्म सुदूरपश्चिमको क्षेत्र नं ६ र क्षेत्र नं ९ बाट राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका केसीले तीन वर्ष विदेशमा पनि बिताउनुभएको हो । आफूहरुले क्रिकेट खेल्ने समयमा भोगेका समस्या भोग्न नपरोस् भनेर केसीले आफूलाई खड्किएको अभावलाई महसुस गर्दै सुविधा सम्पन्न क्रिकेट प्रशिक्षण सञ्चालनमा ल्याएको बताउनुभयो । रासस
Comments
अरु समाचार
-
आजदेखि केपी ओली कप, विश्वचर्चित फुटबलर जियानलुजी आउने
काठमाडौं । केपी ओली कप च्याम्पियनसिप फुटबल आज (आइतबार) देखि सुरु हुँदैछ । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा काठमाडौंमा हुने...
-
प्रधानमन्त्री कपको खेल तालिका सार्वजनिक
काठमाडौं । प्रधानमन्त्री कप (पुरुष) राष्ट्रिय क्रिकेट प्रतियोगिताका २०८१ का सम्पुर्ण खेल लुम्बिनी प्रदेशमा हुने भएका छन् । फागुन २५...
-
केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक
काठमाडौं । केपी ओली कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । प्रतियोगिताको पहिलो खेलमा फागुन ११ गते विभागीय...
-
दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई
काठमाडौं । दक्षिण एसियाली एथलेटिक्स क्रस कन्ट्री च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाई गरिएको छ। टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का...
-
युगान्डा भ्रमणको लागि नेपाली महिला क्रिकेट टोलीको छनोट
काठमााडौं । युगान्डामा आयोजना हुने मैत्रीपूर्ण क्रिकेट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले प्रारम्भिक चरणमा १८ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको...
-
मैत्रीपूर्ण फुटबलमा नेपाली टोलीलाई हराउँदै चीन च्याम्पियन
काठमाण्डाै । मैत्रीपूर्ण फुटबलमा नेपालको युवा टोली चीनको युनान युथसँग पराजित भएको छ । त्रिपुरेश्वरको दशरथ रङ्गशालामा शनिबार भएको खेलमा...
-
दशरथ रंगशालामा आज नेपाल र चिनियाँ युवा टोलीबीच मैत्रीपूर्ण फुटबल
काठमाडौं – नेपाल र चीनको युवान प्रान्तको युवा टोलीबीच शनिबार दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल हुँदैछ। चिनियाँ नयाँ (सर्प) वर्षको उपलक्ष्यमा...
-
च्याम्पियन्स लिगकाे प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित
काठमाडौं । च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको...
-
चर्च ब्वाइज आहा रारा पोखरा गोल्डकपकाे सेमिफाइनलमा प्रवेश
कास्की । चर्च ब्वाइज फुटबल क्लब पोखरामा जारी २४ औँ संस्करणको आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको...